महेश न्यौपाने    May 27, 2020 | 10:41:24 AM


कृषि धेरैको रोजाईमा नपर्ने पेशा  ।  राजनीतिककर्मी र पढेलेखेकाहरुको त विकल्पहिन पेशामा  गनिन्छ कृषि । भाषण र कोठे वहसमा कृषि क्रान्तिका जति सुकै चर्का  कुरा सुनिए पनि  कृषिको व्यवहारिक फिल्डमा रमाउनेहरुको संख्या निकै कम । राजनीति गरेर  लामो समय लाभको पद लिएका व्यक्तिहरु  पनि  कृषिकर्ममा रमाउन  थालेका खवरहरु पछिल्ला दिनमा सुनिन थालेका छन । कृषिलाई माया गर्ने र कृषिमा रगत पसिना वगाउने थोरै पूर्व  विशिष्ट मध्येका एक पात्र हुन  रोल्पाका पूर्व सांसद लेखनाथ आचार्य । आचार्यले कृषि मात्र रोजेनन  । कृषि र वन संग संवन्धित टिमुर  र  कागती  खेती आचार्यको रोजाईमा परेको छ । 

२०५६ सालको निर्वाचनमा रोल्पा  निर्वाचन क्षेत्र  नं. १ मा नेपाली  कांग्रेसका तर्फबाट निर्वाचित सांसद लेखनाथ आचार्य उमेरले ६४ वर्ष पुरा  भइसके । उनी अझैपनि जिल्ला स्तरको राजनीतिमा  सक्रिय छन । लकडाउनको सदुपयोग गर्दै आचार्यले कृषिवाट दीगो आमदानी  गर्ने योजना मात्रै  वनाएनन त्यसलाई  कार्यान्वयन गर्न आफै  कस्सिर  लागे । फलस्वरुप १ महिना नियमित आफै खटेर ७ रोपनी वढी जग्गामा टिमुर र कागती रोपनका लागि जग्गा तयार गरेका छन । वर्षातको सुरुवात संगै उक्त जग्गामा  टिमुर  र कागती खेती गर्ने तयारीमा छन  उनी  ।

पैत्रिक सम्पत्ती भएपनि मैले यस  पूर्व कहिल्यै काम गर्न पाएको  थिएन, लकडाउनले काम गर्ने  साईत जुराई दियो लेखनाथ भन्छन । कागती खेतीका  लागि जमिन, माटो र हावापानी उपयुक्त छ  की छैन भनेर रोल्पा  नगरपालिकाको कृषि प्राविधिकलाई देखाई सकेको छु लेखनाथले भने । टिमुर  खेतीको संभाव्यताको वारे वन प्राविधिकवाट पनि  जाँच गराउने योजना रहेको लेखनाथले सुनाए ।

मेहनत गर्न लाज मानेकै कारण हाम्रो ठूलो जनशक्ति देश वाहिर छ  । गाउँघरहरु युवा विहिन  छन । जग्गा जमिन सवै वाँझिएका छन । आफ्नो जग्गा जमिनमा छिटो प्रतिफल दिने वोटविरुवा रोपेर आत्मनिर्भर वन्न  सकिन्छ पूर्व  सांसद लेखनाथले भने । सरकारले वास्तविक किसानलाई अनुदान  र प्राविधिक सहयोग दिनु पर्नेमा राजनैतिक  पहुचका आधारमा वितरण गर्दाे यस्ता  सेवा सुविधाले वास्तविक किसान मर्कामा परेको लेखनाथको गुनासो छ । 

२०५६ सालका माननीय । प्रतिनिधि  सभाका सदस्य आचार्य माओवादी राजधानी रोल्पावाट नेपाली कांग्रेसको तर्फवाट माननीय हुने दोश्रो व्यक्ति हुन  । त्यस  अघि  सुरेन्द्र हमाल  मानीय भएका थिए । २०४६ सालको परिवर्तन  पछि भएका संसदीय  निर्वाचनहरु नेपाली  कांग्रेसका लागि रोल्पा  फलामको च्यूरा  थियो । २०४८  सालमा तत्कालिन नेकपा एमाले  र संयुक्त जनमोर्चा नेपालको गठवन्धनका  उम्मेदवार वरमन वुढामगर र कृष्णवहादुर महरा निर्वाचित भएर रोल्पालाई लालकिल्ला वनाएका थिए । देशभर ९ स्थानमा मात्रै विजयी हासिल गर्ने तत्कालिन संयुक्त  जनमोर्चा नेपालले  रोल्पाका  भने दुवै क्षेत्र कव्जा   गरेको थियो । नेपाली कांग्रेसले आफ्नै  वहुमतको सरकार विघटन गरे पछि २०५१  सालमा  भएको मध्यावधि निर्वाचनमा रोल्पामा तत्कालिन संयुक्त   जनमोर्चा नेपालले वहिष्कार गरेको थियो ।  सो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वालाराम  घर्ती र  नेपाली  कांग्रेसका सुरेन्द्र हमालले निर्वाचन जितेका  थिए । यही थियो रोल्पामा  नेपाली कांग्रेसको पहिलो  जीत  । 

जिल्लामा संयुक्त जनमोर्चा नेपाल, नेपाली  कांग्रेस,  नेकपा एमाले र राष्ट्रिय  प्रजातन्त्र पार्टी वीच  मुख्य प्रतिस्पर्धा  थियो । तत्कालिन  संयुक्त  जनमोर्चा नेपाल  नेकपा माओवादीले २०५२ साल फाल्गुन १ देखी  सुरु  गरेको सशस्त्र युद्धको समर्थन  गर्दै संसदीय निर्वाचनमा सहभागित नहुने भयो । त्यो संगै जिल्लामा अव  मुख्य  तीन  राजनैतिक दल  वीच  प्रतिस्पर्धा हुने भयो । नेपाली कांग्रेसका  लागी निर्वाचन क्षेत्र नं. १मा रा.प्र.पा. र निर्वाचन  क्षेत्र न २ मा नेकपा एमाले मुख्य प्रतिस्पर्धी थिए । २०५६ सालमा भएको संसदीय निर्वाचनमा लेखनाथ आचार्य रोल्पाको निर्वाचन क्षेत्र नं. १ वाट  नेपाली कांग्रेसको प्रत्यासी  वने । उनको प्रतिस्पर्धी रा.प्र.पा थियो । पंचायतको तीस  वर्ष मात्र  हैन  वहुदलमा समेत पटक पटक सांसद जितिसकेका राप्रपा नेता वालाराम घर्तीमगर संग  टकराव हुने भय   थियो लेखनाथलाई । तर रराष्ट्रिय प्रजातन्त्र पार्टीवाट वालारामको सट्टा भूपनारायण घर्ती उम्मेदवार वने । राप्रपाकै नेता  रेगवहादुर सुवेदी वागि  उम्मेदवार वनेपछि लेखनाथलाई चुनाव  जित्न सहज भयो  । निर्वाचित भएसंगै उनको संसद यात्रा सुरु भयो । रोल्पा  निर्वाचन क्षेत्र  नं. २ वाट उनकै सहयात्री  सुरेन्द्र हमालले निर्वाचन जितेका थिए । हमालको लागी रोल्पावाट संसद यात्रा दोश्रो भएपनि लेखनाथको भने पहिलो थियो । रोल्पावाट काठमाण्डौ जानै सकस । कतिवेला माओवादीको तारो भईने हो भन्ने चिन्ता थियो । सांसद निर्वाचित भएसंगै लेखनाथले सपथग्रहणका लागि  रोल्पा छोडेर काठमाण्डौ लागे । 

लेखनाथ प्रतिनिधि सभा प्राकृति  श्रोत साधन समितिका सभापति पनि भए । संसदीय समितिमा रहँदा उने प्राकृतिक श्रोत व्यवस्थापनका धेरै जनपक्षिय काम गरेको सम्झन्छन । जल र  जंगल जस्ता नेपालका अपार प्राकृतिक  श्रोतको उपयोगवाट देशलाई कसरी संवृद्धी वनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो आचार्यले भने । संसदवापत मासिक १८ हजार तलव पाउथे उनले । माओवादी द्धन्दका कारण जिल्ला वस्न नसकेका कांग्रेस, राप्रपा र एमालेका समर्थन सुभचिन्तक र नेता  कार्यकर्ता उनको काठमाण्डौ स्थीत डेरामा आउथे । जिल्ला फर्कन सकने अवस्था नभएका ती नेता  कार्यकर्ताहरु  महिनौ सम्म काठमाण्डौ वस्थे । उनीहरुको वसाई र  खानपानमा सकिन्थ्यो  लेखनाथको तलव ।  माओवादी सशस्त्र द्धन्द सत्सर्ग तिर जाँदै थियो । रोल्पा रुकुमका गाउँहरुमा त विपक्षी पार्टी समर्थकहरु वस्न सक्ने अवस्था नै थिएन, केही सदरमुकाम पुग्थे भने केही काठमाण्डौ । काठमाण्डौ गएकाहरुलाई हामीले खानपनि र वासको व्यवस्था गथ्र्यौ लेखनाथले भने ।

लेखनाथको संसद यात्रा २०५९ जेठ ७ सम्म जारी रह्यो । तत्कालिन प्रधानमन्त्री   शेरवहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएसंगै लेखनाथको  संसद यात्रा पनि रोकियो । राजा ज्ञानेन्द्रले  २०५९ असोज १८मा शाही कु  गर्दै शासन सत्ता  आफ्नो हातमा लिएको घोषणा गरे । राजा ज्ञानेन्द्रले कहिले लोकेन्द्रवहादुर चन्द, कहिले सूर्यवहादुर  थापा त  कहिले शेरवहादुर देउवालाई प्रधानमन्त्रीको ललीपम दिन्थे, लेखनाथ संझन्छन । लोकतन्त्र पुर्नस्थापनाको आन्दोलनमा सात राजनैतिक दलसंग सहकार्य गरे  पनि वीचमा केही दलले धोका दिएपनि लेखनाथहरुको सडक संघर्ष भने यथावत थियो । राजाको २०६१ माघ १९ को दोश्रो शाही कु पछि त सवै प्रजातान्त्रिक शक्तिहरुलाई सडकमा आउन वाध्य वनायो । उनको  दल नेपाली  कांग्रेस सहित  ७ राजनैतिक दलको मोर्चा सडक आन्दोलनमा  उत्रियो । 

आन्दोलन  सशक्त वन्दै गयो । २०६१ साल चैत्र २६ गते देखी राजतन्त्र ढाल्ने गरि  संघर्ष सुरु गरियो । त्यसको १९ दिने निरन्तर आन्दोलन पछि राजा ज्ञानेन्द्र २०६२  वैशाख ११  मा जनताको नासो  जनतालाई सुम्पिन राजी भएपनि विघटित संसद समेत पुनरस्थापित भयो । लेखनाथको  अवरुद्ध संसद यात्राले फेरि निरन्तरता  पायो । अन्तरिम विधायकको रुपमा । उनी २०६४ सालको  पाहिलो  संविधान सभा निर्वाचनको मिति सम्म अन्तरिम विधायक वने । 

लेखनाथ संसद यात्रा सकिने वित्तीकै जिल्ला फर्किए । उनीसंगै काठमाण्डौ छिरेका कैयौं साथीहरु  उतैको वासिन्दा  भईसकेका  थिए । लेखनाथ भने जनताको दुखः  सुखमा साथ दिने भन्दै  जिल्ला फर्किए । प्रहरी,  प्रशासन, नापी,  मालपोत, वैंक, अदालतको झंझटिलो कामवाट  दुखः पाएका जनतालाई सहयोग  गर्न अघि सर्थे लेखनाथ । टाढाटाढावाट पैदल यात्रा सहित दुख कष्ट सहेर आएका  जनतालाई जिल्लामा वस्ने हाकिमहरुले समयमा  काम नगरिदिदा समय र   पैसाको वर्वाद देखेर मैले  उनीहरुको  सेवाभावले गर्ने काम अहिले  पनि निरन्तर रहेको  लेखनाथको दावी छ । कार्यालय खुलेको वेला  मेरो काम जनताको दिनानु दिनको समस्या हल गर्नलाई भइरहेको छ लेखनाथ भन्छन । मैले घरको काममा समय दिन पाएको थिएन ।

Share your thoughts!

महेश न्यौपाने