कोरोना बीमावापत निर्जीवन बीमा कम्पनीहरुले ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमक संघले उपलब्ध गराएको तथ्याकंअनुसार हालसम्म कम्पनीहरुले ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ संकलन गरेका हुन् । यस अवधिमा ८३ हजार ५२८ वटा बीमालेख जारी भएका छन् ।
तीन करोड बन्दा बढी भुक्तानी हुन बाँकी
कोरोना बीमावापत निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ३२४ दावीवापत कम्पनीहरुले सो बराबरको दावी गर्न बाँकी रहेको हो ।
यस अवधिसम्ममा ५० हजार बीमांकको २६ र १ लाख रुपैयाँको बीमांकमा २९८ वटा दावीको दावी भुक्तानी गर्न बाँकी रहेको संघले जनाएको छ । ५० हजार बीमांकको १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, १ लाख रुपैयाँ बीमांकको २९८ दावीवापत कम्पनीहरुले २ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
७५ लाख रुपैयाँको भुक्तानी
यस अवधिसम्ममा कम्पनीहरुले ८० वटा दावीवापत ७५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका छन् । जसअन्तर्गत ५० हजार बीमांकका ९ र १ लाख बीमांकका ७१ वटा दावीको भुक्तानी गरेका हुन् । ५० हजार बीमांकको ९ दावीवापत कम्पनीहरुले ४५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । भने १ लाख रुपैयाँ बीमांकको ७१ दावीवापत ७१ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।