नयाँ बर्षमा नयाँ ब्यबसाय गर्ने सोच छ ? खरायोपालन बन्न सक्छ उत्तम बिकल्प, कम लगानी मै मनग्य आम्दानी

५० हजार मै सुरु गर्न सकिने, १ महिना मै प्रतिफल
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 14, 2017 | 12:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईसंग थोरै पुंजी छ तर कहाँ लगानी गर्ने भन्नेबारे अनबिज्ञ हुनुहुन्छ  ? के तपाई थोरै लगानीमा पनि आफ्नै ब्यबसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईको लागि उत्तम बिकल्प बन्न सक्छ -खरायो पालन ।  

कम खर्च मै मनग्य आम्दानी हुने भएकाले अहिले खरायो पालन प्रति आकर्षण बढ्दै गएको छ । हुन् त् पहिले पनि तपाईले खरायो पालन बारे सुन्नु भएको होला । केहि खरायो पालक किसानले खरायोको बजार नपाएर खरायो पालन छोडेका उदाहरण पनि हाम्रै समाजमा छन् । त्यसको एक मात्र कारण थियो बजारमा बिचौलियाको प्रबेश ।


अहिले के परिवर्तन भयो ? 

बिगतमा खरायोको बजारमा देखिएका बिचौलियालाई हटाउन थुप्रै संघर्ष गरेका छन् सामाजिक उद्यमी तथा खरायो सहकारी अभियानका केन्द्रीय संयोजक राम पटेलले । अहिले उनले खरायो नेपाल पब्लिक कम्पनी तथा खरायो सहकारी अभियान स्थापन गरेर खरायोको बजारलाई दलालबाट मुक्त पारेका छन् । उनी भन्छन् ' अब खरायो पालक किसानले मुल्य नपाउने कुरा हुदैन, वहाँहरुलाई बजार दिने काम हाम्रो हो' । किसानलाई सबै प्रकारको परामर्श, तालिम, जानकारी पनि खरायो सहकारी अभियानले दिने गर्छ।

खरायो छिटो हुर्कने, एकै पटकमा १२ ओटासम्म बच्चा पाउने, हरेक ३० देखि ३५ दिनको फरकमा ब्याउने र बच्चा साढे २ देखि ३ किलोको भएपछि बजारमा पठाउन तयार हुने भएकाले खरायो पालन प्रति सबै उमेर समुहको आकर्षण बढ्दो छ । पढ्दै गरेका युवा देखि बुढापाखाहरुले पनि खरायो पालन गरिरहेको पटेल सुनाउछन् । साथै खरायो अन्य जनावरको तुलनामा धेरै हल्ला गर्दैनन्न भने हेर्दा पनि राम्रो देखिन्छन् 

कसरी सुरु गर्ने त्  ? 

खरायो सहकारी अभियानले तपाईलाई बजार त् दिन्छ तर त्यसको लागि पनि केहि शर्तहरु छन् । सुरुमा त्यस कम्पनीको शेयर होल्डर बन्नु नै पहिलो प्रकिया हो । त्यसका लागि तपाईलाई न्यूनतं सय कित्ता शेयर खरिद गर्नु पर्छ । त्यसपछि तपाईले आवश्यक परामर्श, तालिम र जानकारी पाउन सक्नुहुन्छ ।

मानिसको बसोबास रहने स्थानमा खरायो बस्न सक्ने भएकाले नेपालको सबै जिल्लामा खरायोपालन सम्भव रहेको पटेल बताउछन् । साथै खरायोले तरकारीबाट निस्कने पातहरु पनि खाने हुनाले फोहोर ब्यबस्थापन पनि हुन्छ । गाउ घरमा भए खरायोलाई घास, पराल, खोस्टा खुवाउन सकिन्छ । खरायो पालन संगै तरकारी खेति पनि गरे खर्च कम हुन्छ भने आम्दानी झन् बढाउन सकिन्छ ।

कम पुंजी हुनेहरुका लागि सुरुमा ५ पोथी तथा ३  भालेबाट खरायो पालन गर्न सुझाव दिन्छन संयोजक राम पटेल । ति खरायो र खोरहरुको लागि सुरुमा ५० हजार लगानी लाग्छ । त्यस ५० हजार भित्र नै आधुनिक प्रबिधि युक्त खोर, खरायोले पानि खाने नोजल बोतल, खरायो बोक्ने ब्याग र  ट्रे समेत समाबेश हुन्छन ।

त्यसपछि पहिलो महिना मै खरायोले बच्चा पाउने भएकाले आम्दानी सुरु मै लिन सकिन्छ । एक पटक माउँ र भाले खरिद गरेपछि कुखुरा ब्यबसाय जस्तो फेरी नयाँ खरिद गरिरहन पर्दैन । खरायोको औसत आयु ५ बर्ष हुने हुँदा ५ बर्ष सम्म ढुक्क हुन् सकिन्छ ।

त्यसपछि आवश्यकता अनुसार खरायोको संख्या बढाउन सकिन्छ । १०० माउ खरायो भएको फर्मबाट सबै खर्च कटाएर पनि हरेक लटमा ५० देखि ६० हजार नाफा हुने हुँदा विदेशमा हुने कमाई आफ्नै देशमा हुने पटेल बताउछन् । साथै बिहान र बेलुका १-१ घण्टा समय मात्र दिए पुग्ने हुनाले स्कुल अथवा कलेज पढ्दै गरेका विद्यार्थीले पनि यसबाट मनग्य कमाउन सक्छन । 

कहाँ प्रयोग हुन्छ खरायो ?

खरायोको मासुको माग बजारमा धेरै छ । अन्य मासु भन्दा स्वस्थ हुने भएकाले खरायोको मासुको माग अत्यधिक छ । खरायोको मासु सेतो मासु भएकाले, बोसो कम हुने, प्रोटिन मात्रा धेरै हुने, कोलेस्टोरल न्यून हुने हुँदा मुटु रोगि, बाथ रोगि, दम रोगि, डाईबेटिजका बिरामी साथै सुत्केरी लाई अति उपयुक्त मानिन्छ  ।  

कुखुराको मासुको झैँ खरायोको मासुबाट पनि र्याबिट मम, र्याबिट बार्बिक्यु, र्याबिट चोयेला, र्याबिट भुटुवा, र्याबिट बोन सुप, र्याबिट चाउमिन लगयतका विभिन्न परिकारहरु बन्छन । 

खरायो सहकारी अभियानले बसुन्धारामा 'बसुन्धारा खरायो क्याफे' संचालनमा ल्याएको छ जहाँ विभिन्न परिकार उपलब्ध हुन्छन  । साथै खरायोको छाला झोला, जुत्ता, पेटी जस्ता सामानमा प्रयोग हुन्छ भने खरायोको शरीरका रौ हरु खेलौना, ज्याकेट लगायतमा प्रयोग हुन्छ  । 



कति छ माग ? 

अहिलेको उत्पादनले माग धान्न नसकिरहेको पटेल बताउछन् । खरायोको स्वस्थकर मासुको बारेमा जनचेतना बढ्दै गएकाले माग बढ्ने उनी बताउछन् । त्यहि कारण पनि खरायोपालनमा अवसर नै अवसर छ   । यति मात्र नभएर खरायोको मासु र छालाजन्य सामग्रीको अन्तराष्ट्रिय बाजार पनि धेरै ठुलो छ । 

हरेक जिल्लामा खरायोको बधशाला र छाला उद्योग खोल्ने कम्पनीको लक्ष्य छ । खरायो नेपाल पब्लिक कम्पनी तथा खरायो सहकारी अभियानले नयाँ बर्षको अवसर पारेर अबदेखि सम्पूर्ण माछा मासुजन्य, पशुपंक्षी तथा कृषि उत्पादनको बिचौलिया दलालबीहिन बजारीकरण पनि गर्ने भएको छ ।

खरायो सहकारी अभियानको वेबसाइट rabbitnepal.com वा खरायो नेपाल पब्लिक कम्पनी तथा खरायो सहकारी अभियान मा गएर पनि खरायो पालन सम्बन्धि जानकारी लिन सकिने छ  । 

हेर्नुस आधुनिक खोरहरु : 



खरायोको छाला तथा रौले बन्ने सामग्री 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved