हकप्रद बिक्रिमा बढ्यो बिकृति, हक हस्तान्तरणको नाममा लगानीकर्ता ठग्दै नेपाल बंगलादेश बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 05:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाहरुले हकहस्तान्तरणको सुविधाको गलत प्रयोग गर्ने क्रम बढेको छ। नेपाल बंगलादेश बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रदमा समेत यस्तो भेटिएको हो।  

बैंकले १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले निष्काशन तथा बिक्रि गरेको हकप्रदमा करिब ९५ प्रतिशत बराबरको दाबि (आबेदन) परेको थियो। जस अनुसार बैंकले करिब १६ लाख कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्नु पर्नेमा मात्रै ९ लाख कित्ता हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने सम्भावना बढेको छ। 

९ लाख अवितरित हकप्रद मध्य ४ लाख कित्ता संस्थापक र ५ लाख कित्ता साधारण तर्फको हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। यस अघि बैंकले १६ लाख कित्ता अवितरित हकप्रद लिलाम बढाबढमा बिक्रि गर्ने अपेक्षा गरिएको थियो। 

बिजपाटीलाई प्राप्त सूचना अनुसार बैंकमा पहुँच हुनेहरुको नाममा करिब ७ लाख कित्ता हकप्रद हस्तान्तरण गरिएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था अनुसार 'सङ्गठित संस्थाको सञ्चालक वा आधारभूत शेयरधनीले आफूले लिनु पर्ने हकप्रद शेयर वापतको हक अरु कसैलाई हस्तान्तरण गर्ने भएमा दरखास्त खुला हुनु भन्दा कम्तीमा तीन दिन अगावै हक हस्तान्तरण गरी हक हस्तान्तरण गरिएको व्यहोरा सहित निष्काशन बैङ्कमा रकम जम्मा गरी सक्नु पर्नेछ।'

प्राप्त जानकारी अनुसार बैंकले हकप्रद भर्न छुटेका तथा हकप्रद भर्न बिर्सेका लगानीकर्ताको भागको हकप्रद चाँजोपाँजो मिलाई बैंकमा पहुँच भएकाहरुको नाममा करिब ७ लाख कित्ता हकप्रद 'हक हस्तान्तरण' गरेको पाइएको छ। नियमन निकाय धितोपत्र बोर्डले भने हकहस्तान्तरणको बहानामा यस्तो बिकृति हुन नदिने बताएको छ। थप कुरा अनुसन्धान पश्चात मात्र जानकारी गराउने धितोपत्र बोर्डले जनाएको छ।

८० प्रतिशत बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५१ करोड (८० प्रतिशत  हकप्रद सेयरका लागि प्राप्त कल्स इन एडभान्स सहित) रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ।  

राष्ट्र बैंकको मिसन ८ अर्बको परीक्षामा २८ बाणिज्य बैंकहरु सफल, यसरि पुग्ने छ तोकिएको चुक्ता पुंजी (रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved