टुरिजमको ७ लाख कित्ता हकप्रद लिलाममा,अक्शनले पनि बोनस पाउने हुँदा कति मुल्यमा आबेदन दिनु उचित?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:01:12 AM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले ७ लाख ४ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

मार्तुभुमी बिकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि टुरिजम डेभलपमेन्ट बैंकले गत पुष २४ देखि एकीकृत कारोबार गरेको हो। बैंकले चालु आर्थिक बर्षको कमाईबाट शतप्रतिशत हकप्रदले समेत पाउने गरि ९ दशमलब ३ प्रतिशत (हकप्रद अगाडी कायम चुक्ता पुंजी ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँको करिब १८ दशमलब ६० प्रतिशत बोनस) बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बैंकले शतप्रतिशत हकप्रद बिक्रि गरेको तर बार्षिक साधारण सभा बोलाउन बाँकी रहेकाले लिलाम बढाबढमा भाग लिनेले समेत बैंकको बोनस सेयर प्राप्त गर्ने छन। 

त्यस्तै हकप्रद तथा बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ९५ प्रतिशतको स्वाप अनुपातमा मेगासंग मर्जरमा जाने भएकाले पनि  टुरिजमको अक्शनमा उचित मूल्यमा आबेदन दिंइ लगानीकर्ताले फाइदा उठाउन सक्नेछन। 

कतिमा दिने आबेदन ?

मेगासंग मर्जरमा जाने सहमति गरेसंगै बैंकको सेयर कारोबार रोक्का छ। पछिल्लो पटक बैंकको सेयर प्रति कित्ता ४२७ रुपैयाँमा कारोबार भएको छ। बोलकबोल दाताले बैंकको कारोबार भएको अतिम सेयर मुल्यमा शतप्रतिशत हकप्रद समायोजन गर्नु पर्नेछ। 

शतप्रतिशत हकप्रद बिक्रि गरिसकेकाले बैंकको समायोजन मुल्य प्रति कित्ता २६३ रुपैयाँ ५० पैसा हुन आउंछ। सामान्यतया लिलाम बढाबढमा भाग लिंदा दोस्रो बजारको सेयर मूल्य भन्दा १५-२० प्रतिशत कम मूल्यमा आबेदन दिनु बुद्दिमानी हुन्छ। 

अक्सनमा आबेदन दिनेले पनि टुरिजमको बोनस सेयर पाउने भएकाले लगानीकर्ताले प्रति कित्ता २१० देखि २४० को रेन्जमा रहेर आबेदन दिंदा उचित देखिन्छ। यद्दपी, पछिल्लो पटक मेगा बैंकको सेयर प्रति कित्ता ४५८ रुपैयाँमा कारोबार भएको छ। यस मूल्यमा ६५ प्रतिशत हकप्रद समायोजन गर्दा प्रति कित्ता ३१६ दशमलब ९७ रुपैयाँ हुन आउंछ। टुरिजमले ९५ प्रतिशत स्वाप पाउने हुँदा प्रति कित्ता सेयर मूल्य ३०१ रुपैयाँ १२ पैसा हुन आउंछ। लिलाम बढाबढमा भाग लिंदा दोस्रो बजारको सेयर मूल्य भन्दा २०  प्रतिशत कम मूल्यमा आबेदन दिंदा अर्थात प्रति कित्ता २४० रुपैयाँमा आबेदन दिंदा सेयर पर्न सक्छ।

कहाँबाट दिने आबेदन    

इच्छुक बोलकबोल दाताले असार ७ देखि असार १५ सम आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म (म्याद थप गरिएको) १०० बराबर १०० कित्ता अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण तथा संस्थापक समुहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ २ लाख ६६ हजार ५ सय ३७ दशमलब २० कित्ता र संस्थापक तर्फ ४ लाख ३८ हजार २ सय दशमलब ८० कित्ता रहेको छ। अवस्थित संस्थापक सेयरधनीहरुले मात्र लिलाम बढाबढमा बिक्रि गर्न राखिएको संस्थापक हकप्रदमा आबेदन दिन पाउने छन।

कहिलेसम्म आबेदन दिने ?  

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलमा असार १५ गते बैंकिङ समय ३ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलको कार्यालयमा असार १७ गते ११ बजे खोलिने छ।  

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले एनआइबिएल क्यापिटल-टुरिजम हकप्रद नाममा रहेको कुमारी बैंकको ०१२४५२४६१५४२५०१७ खाता नम्बरमा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै एनआइबिएल क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

बैंकको वित्तीय अवस्था 

टुरिजम डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। शतप्रतिशत हकप्रद बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २ करोड पुग्ने छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट हकप्रदले र लिलाम बढाबढले समेत पाउने गरि ९ दशमलब ३० प्रतिशत बोनस सेयर बितरण गर्दै छ। 

बैंकले मेगा बैंकसंग मर्जरमा जानका लागी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ। मर्जर प्रक्रियामा रहेकाले बैंकको सेयर कारोबार रोक्का रहेको छ। टुरिजमले हकप्रद तथा बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ९५ प्रतिशत स्वाप अनुपातमा मेगासंग मर्जरमा जान लागेको हो। यता मेगा बैंकले समेत ६५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रियामा रहेको छ। टुरिजमसंगको मर्जर पश्चात मेगा बैंकको चुक्ता पुंजी ९ आरब ४८ करोड नाघ्ने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved