काठमाडौंका विभिन्न स्थानहरुमा थपिए ‘एकतर्फी सडक’, यी ठाउँमा दायाँ मोड्न निषेध

रासस

रासस

Jul 02, 2017 | 09:54:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीका बिभिन्न स्थानहरुमा एकतर्फी सडक थपिएका छन। चार पांग्रे र दुई पांग्रे सवारीका लागि राजधानीका बिभिन्न सडकमा एकतर्फी मात्रै प्रयोग हुने व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

राजधानीमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्न राजधानीका विभिन्न सडकमा एकतर्फी मात्रै प्रयोग हुने व्यवस्था गरिएको जनाइएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार मैतीदेवी चोकबाट अब मन्दिरतर्फ जान नपाइने भएको छ। खिचापोखरीबाट एभरेष्ट बैंकतिर जान नपाइने, सातदोबाटोबाट चापागाउँ मोडतिर जान नपाइने भएको छ। 

त्यस्तै स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमडोल हुँदै जान पाइने तर स्वयम्भू चोकबाट किमडोल हुँदै छाउनीतर्फ जान नपाइने भएको छ। सवारीसाधनलाई बाटुलेघरबाट चारखालतर्फ जान निषेध गरिएको छ। चारखालबाट बाटुलेघरतिर एकतर्फी मात्रै आवत हुनेछ। 

ट्राफिक प्रहरीले कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुतर्फ आउन गल्लीको बाटो मात्रै प्रयोग गर्न पाइने बताएको छ। त्यस्तै राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारी साधनको प्रवेश निषेध गरिएको छ। 

विभिन्न स्थानमा दायाँ मोड्न निषेध

ट्राफिक प्रहरीले राजधानीका विभिन्न स्थानमा दायाँ मोड्न निषेध गरिएको जनाएको छ। त्रिपुरेश्वरदेखि कालिमाटी सडकसम्मको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न पाइने छैन। माइतिघरदेखि कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा पनि निषेध गरिएको छ।

त्यस्तै नयाँ बानेश्वरबाट पुरानोबानेश्वर सडक खण्डमा भिमसेनगोला जान नपाइने भएको छ। कान्तिपथको ज्याठा गल्ली, कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल मोडमा दायाँ मोड्न निषेध गरिएको छ।

छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँ मोड्न निषेध गरिएको छ। त्यस्तै एयरपोर्टबाट आएको गाडीले सिनामंगल घुम्नुपर्ने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved