विश्वकै महँगो सेयर बन्यो वारेन बफेट नेतृत्वको कम्पनी, सबैको पहुँचमा ल्याउन सेयर स्प्लिट,धितोपत्र बोर्डले के सिक्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 11:38:05 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै महँगो सेयरको प्रति कित्ता मूल्य कति होला ? नेपालको एक मात्र पुंजीबजार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्य सबै भन्दा महँगो सेयर युनिलिभर नेपाल लिमिटेड हो भन्ने तपाई हामीसबैलाई थाहा भएकै कुरा हो। 

युनिलिभर नेपालको सेयर पछिल्लो पटक प्रति कित्ता २९ हजार रुपैयाँ छ। पुंजीबजारमा धेरै थोरै लगानी गर्ने लगानीकर्ताको लागि विश्वकै महँगो सेयरको मुल्य कति होला भन्ने चाँसोको बिषय बन्नु स्वभाविक पनि हो। 

बिश्व सेयर बजारमा महँगो सेयरको रुपमा वारेन बफेट नेतृत्त्वको कम्पनी वर्कशिर ह्याथवेले बाजी मारेको छ। जुलाई ३, २०१७ अर्थात असार १९ मा   ह्याथवेको 'ए श्रेणीको सेयर' प्रति कित्ता सेयर दुई लाख ५७ हजार ५ सय ५ अमेरिकी डलर अर्थात २ करोड ६६ लाख ९२ हजार १ सय ८८ दशमलब ७९ मा कारोबार भएको छ (जुलाई २ को एक्सचेन्ज रेटलाई आधार मान्दा) । यस मुल्यका आधारमा ह्याथवेको सेयर विश्वकै महँगो बनेको छ। 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

ह्याथवेको 'ए श्रेणीको सेयर' को प्रति सेयर आम्दानि १४ लाख २२ हजार २ सय ३० रुपैयाँ रहेको छ भने मूल्य आम्दानीको अनुपात १९ सय ५२ रुपैयाँ रहेको छ। त्यस्तै ह्याथवेको 'बि श्रेणीको सेयर' को मूल्य प्रति कित्ता १७२ अमेरिकी डलर अर्थात १७ हजार ८ सय ४१ रुपैयाँ रहेको छ।  

अचम्मको कुरा त के छ भने कम्पनीले पछिल्लो एक बर्षदेखि सेयरधनीहरुलाई कुनै लाभांश बितरण गरेको छैन यद्दपी कम्पनीको सेयर मूल्य दिन दशगुणा रात चौ गुणाले बढेको छ। तीन बर्षको अवधिमा कम्पनीको सेयर ६७ लाख ७० हजारले बढेको छ। सन १९८० मा प्रति कित्ता २८ हजार ५ सय २९ बाट कारोबार सुरु भएको ह्याथवेको सेयर ३७ बर्षको अवधिमा विश्वकै महँगो सेयर बन्न पुगेको हो।

कम्पनीको सेयर मूल्य अत्यधिक महँगो भए पश्चात सर्वसाधारणको पहुँचमा पुर्याउन ह्याथवेको सेयर स्प्लिट गरिएको छ। कम्पनीको 'ए श्रेणीको सेयर'   १ सेयरलाई स्प्लिट गरि 'बि श्रेणीको सेयर' १५०० वटा बनाइएको छ। 'बि श्रेणीको सेयर' मुल्य प्रति कित्ता १७ हजार ८ सय ४१ रुपैयाँ कायम गरिएको छ। ए श्रेणीको १ कित्ता सेयर बराबर १५०० बि श्रेणीको सेयर बनाइदा सेयरधनीको भोटिङ अधिकारमा कटौती गरिएको हुन्छ। जस अनुसार ए श्रेणीको १ कित्ता सेयरसंग १० हजार जना बराबरको भोटिङ अधिकार हुँदा बि श्रेणीको सेयर हुनेसंग १ जना बराबरको भोटिङ अधिकार सिमित गरिएको हुन्छ। 

नेपाल धितोपत्र बोर्डले के सिक्ने ?

बिश्व पुंजीबजारमा कुनै पनि कम्पनीको सेयर मुल्य अत्यधिक महँगो हुँदा त्यस कम्पनीको सेयर स्प्लिट गरि मूल्य घटाउने अभ्यास रहेको छ। स्प्लिट गरिएको सेयरका सेयरधनीको मतअधिकारमा कटौती गरिएको हुन्छ। नेपालको पुंजीबजारमा पनि युनिलिभर लगायतका केहि कम्पनीको सेयर मूल्य अत्यधिक रहेको छ। यस प्रकारका महंगा कम्पनीका सेयर सर्वसाधारणको पहुँच भन्दा टाढा हुनाले त्यहाँको नियमन निकायले सेयर स्प्लिट गर्ने अभ्यास गर्दै आएकोमा नेपाल धितोपत्र बोर्डले पनि समयमै ध्यान पुर्याउन आवश्यक छ। पुंजीबजारमा वास्तविक क्षेत्रका कम्पनी भित्र्याउने तयारीमा विभिन्न स्किम ल्याएको धितोपत्र बोर्डले समयमै सेयर स्प्लिटको व्यवस्था गर्ने हो भने भविष्यमा महंगा कम्पनीहरुको सेयरमा समेत सर्वसाधारणको पहुँच पुग्ने छ।            

     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved