दुगर्ममा जाने बैंक वित्तीय संस्थालाई बिशेष प्याकेज, यस्ता छन ग्राहक र बैंकले पाउने सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 07:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७४-७५ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई देशका दुर्गममा जान प्रोत्साहन गरेको छ। सरकारले जेठ १५ मा ल्याएको बजेटमा उल्लेख हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुर्याउने लक्ष्यलाई टेवा पुग्ने गरि राष्ट्र बैंकले दुर्गममा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेख्य सुविधा दिने व्यवस्था गरेको हो। 

दुर्गममा जान प्रोत्साहन 

राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न प्रदेशमा रहेका विकट तथा दुर्गम जिल्लाहरु भोजपुर, ओखलढुंगा, मनाङ, रुकुम, सल्यान, जुम्ला, मुगु, हुम्ला, कालिकोट, डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलाका सदरमुकाम भन्दा बाहिर शाखा खोलेमा निश्चित अवधिका लागि प्रति शाखा रु. १ करोड बिना ब्याज सापटी दिने व्यवस्थालाई निरन्तरता दिएको छ।

विभिन्न प्रदेशमा रहेका २२ जिल्लाहरुमा सदरमुकाम बाहेकका स्थानमा शाखा खोलेमा लघुवित्तलाई बिशेष सहुलियत 

राष्ट्र बैंकले लघुवित्त सेवाको पहुँच कम भएका विभिन्न प्रदेशमा रहेका २२ जिल्लाहरु मनाङ, हुम्ला, डोल्पा,कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा, दार्चुला, ओखलढुंगा, जुम्ला, अछाम, बैतडी, रुकुम, सल्यान, भोजपुर, मुस्ताङ, रोल्पा, ताप्लेजुङ, खोटाङ, रसुवा र सोलुखुम्बुमा “घ” वर्गका वित्तीय संस्थाले सदरमुकाम बाहेकका स्थानमा शाखा खोलेमा ४० लाखसम्म निर्ब्याजी सापटी प्रदान गर्ने जनाएको छ।

सबै नेपालीको बैंक खाता खोल्ने सरकारको अभियानलाई साथ दिनेलाई बिशेष व्यवस्था 

राष्ट्र बैंकले 'सबै नेपालीको बैंक खाता खोल्ने सरकारको अभियानलाई साथ दिने बैंक तथा वित्तीय संस्थालाई बिशेष व्यवस्था गरेको छ। राष्ट्र बैंकले  सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत् उपलब्ध गराउन बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाहरुमा शाखा खोली हालसम्म खाता नभएका नेपाली नागरिकहरुको खाता आर्थिक वर्ष २०७४÷७५ भित्र खोलेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई प्रति २५०० खाता बराबर रु. १ करोड निर्ब्याजी सापटी एक वर्षको लागि प्रदान गर्ने व्यवस्था गरेको छ। यो व्यवस्था आर्थिक वर्ष २०७४÷७५ सम्म रहनेछ ।

राष्ट्र बैंकले तोकेको स्थानीय तहमा शाखा खोल्नेलाई निर्ब्याजी १ करोड सापटी 

राष्ट्र बैंकले सरकारी कारोवारका लागि प्रोत्साहन गर्न तोकिएका स्थानीय तहमा खोलिने शाखालाई प्रति शाखा रु. १ करोड एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्ने जनाएको छ। राष्ट्र बैंकले संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिने र यस्तो निर्देशनको पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम आवश्यक कारबाही गर्ने जनाएको छ।  

ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र संघिय संरचना बमोजिम तोक्ने 

राष्ट्र बैंकले इजाजत प्राप्त “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई चुक्ता पुँजीको आधारमा जिल्लागत रुपले तोक्ने गरिएकोमा सोलाई संघीय संरचना बमोजिम तोक्ने व्यवस्था मिलाउने भएको छ।

आफ्नो खाता नभएका जुनसुकै बैंक मार्फत आफ्नो खाता भएको बैंकमा रकम जम्मा गर्न सकिने 

राष्ट्र बैंकले बैंकिङ्ग सेवा तथा कारोबारलाई थप सरल तथा सहज बनाउन ग्राहकले जुनसुकै बैंक वा वित्तीय संस्थामा गई आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था गर्ने भएको छ।   

सर्वसाधारणले नगद बोकी आफ्नो खाता रहेको बैंकसम्म गई रकम जम्मा गर्नु पर्दा कारोबार लागत बढ्नुको साथै जोखिमको समेत सम्भावना रहने हुँदा बैंकिङ्ग सेवा तथा कारोबारलाई थप सरल तथा सहज बनाउन यस्तो व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्रियस्तरका विकास बैंकहरुलाई स्वदेशी प्रतीतपत्रको कारोबार गर्न स्वीकृति दिने 

राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेका राष्ट्रियस्तरका विकास बैंकहरुलाई स्वदेशी प्रतीतपत्रको कारोबार गर्न स्वीकृति दिने व्यवस्था मिलाउने भएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved