यस्ता छन पुंजीबजार सम्बन्धमा नयाँ मौद्रिक नीतिमा उल्लेख ४ व्यवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 08:54:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७४-७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक हुनु अगाडी बाहिर आएका सूचनाले लगानीकर्तामा जति अन्यौलता छाएको थियो त्यो भन्दा पनि बढी अन्यौल मौद्रिक नीति सार्वजनिक भए पश्चात देखिएको छ। 

आइतबार दिउँसो १ बजे होटल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक हुँदै थियो, त्यो बेलासम्म सेयरबजारमा हरियाली छाएको थियो। तर जब मौद्रिक नीति बाहिर आयो नेप्सेमा एकाएक १७ अंकको गिरावट आयो र छिनभर नै रातो पोतियो। यसको मुख्य कारण भनेको विभिन्न संचार माध्यममा आएको 'सेयर धितो कर्जामा धितो मुल्यांकनमा कडाई' समाचार थियो। विभिन्न संचार माध्यममा प्रकाशित यस प्रकारको समाचार प्रकाशित भएपश्चात  लगानीकर्ताले शेयर बेच्न हतारिएको एक ब्रोकर अधिकारीले बताए। 

मौद्रिक नीतिमा उल्लेख 'प्राथमिक पुंजीको ४० प्रतिशत रकमसम्म मात्र शेयर धितोमा जाने कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिने छ' भन्ने शब्दले भुलबस या असावधानीबश यस्तो समाचार बाहिर गएको अधिकांशको बुझाई रहेको छ।  

मौद्रिक नीतिमा भएका यी ४ व्यवस्था अध्ययन गर्नुहोस र तपाई आफै स्पष्ट हुनुहोस:

१.शेयरको मूल्याङ्कनको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था यथावत  

शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले यथावत कायम गरेको छ। 

२.प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र शेयर कर्जा प्रवाह गर्न पाउने 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा बढीमा आफ्नो प्राथमिक पुँजी बराबरको रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था रहेकोमा सो सीमालाई परिमार्जन गरी प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। साथै, एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ।

३.राष्ट्र बैंकले शेयरको धितोमा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि संस्थापक शेयरको मूल्याङ्कन गर्दा साधारण शेयरको पछिल्लो १८० दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत वा संस्थापक शेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा कायम गर्नुपर्ने र यसरी कायम गरिएको मूल्यको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन सकिने व्यवस्थालाई यथावत राखेको छ। 

४.राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गरेका संस्थापक शेयरधनीहरुले आफुले धारण गरेको संस्थापक शेयरमध्ये ५० प्रतिशतभन्दा बढी शेयर धितो राखी कर्जा लिन नपाउने व्यवस्थालाई यथावत कायम गरेको छ। 


के हो प्राथमिक पुंजी ?

बैंकहरुको चुक्ता पुंजी र जगेडा कोष रकमको जोडलाई प्राथमिक पुंजी भनिन्छ। राष्ट्र बैंकको नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्न पाउनेछन।  

जस्तो कुनै बैंकको चुक्ता पुंजी ७ अर्ब रुपैयाँ छ र त्यसको जगेडा कोष रकम ३ अर्ब रुपैयाँ छ भने उक्त बैंकले १० अर्बको ४० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ धितो कर्जा प्रवाह गर्न पाउने छ। 

त्यस्तै मौद्रिक नीतिले एउतै सुचिकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुंजी बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। जस्तो माथिको उदाहरण अनुसार बैंकले ४ अर्बसम्म धितो कर्जा प्रवाह गर्न सक्छ। यदि  बैंकले नेप्सेमा सुचिकृत २० वटा कम्पनीलाई धितो कर्जा दिने व्यवस्था गरेको छ भने एउटा कम्पनीमा अधिकतम ४० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछ। 

यो पनि:

मौद्रिक नीतिले शेयर बजारमा प्रशस्त पैसा आउने बाटो खुला, बाणिज्य बैंकसंग मात्रै '१ सय अर्ब' सेयर कर्जा दिने क्षमता


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved