काठमाडौंको पार्किङ शुल्कमा परिवर्तन,कहाँ कति तोकियो ? (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 06:42:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ महानगरपालिकाको सार्वजनिक क्षेत्र भित्र पार्किङ गर्दा पैसा लाग्ने भएको छ। महानगरको नगरसभाले पारित गरेको आर्थिक ऐन २०७४ को अनुसूची १० अनुरुप सार्वजनिक क्षेत्र भित्र पार्किङ गर्दा शुल्क लाग्ने भएको हो।   

महानगरले सवारीसाधनको प्रकृति अनुसार पार्किङ शुल्क लाग्ने गरि आर्थिक ऐन पारित गरेको छ। पार्किङ शुल्क प्रति घण्टा १५ रुपैयाँ देखि २०० रुपैयाँसम्म तय गरिएको छ। 

महानगरले केही स्थानको पार्किङ सेवा शुल्कमा समेत परिवर्तन गरेको छ। यस अघि प्रति घण्टा ५ रुपैयाँ देखि १५ रुपैयाँसम्मको पार्किङ शुल्कलाई परिवर्तन गरि महँगो शुल्क तोकिएको बताईएको छ। 

महानगरले तय गरेको नयाँ नियम अनुसार 

क्षेत्र नम्बर १  

टेकु पुल उत्तर तर्फ सोह्रखुट्टे, नयाँबजार, गंगबु, सामाखुसी, धापासी, महाराजगञ्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटोमा पार्किङ गर्दा निम्नबमोजिम शुल्क तय गरिएको छ: शुल्क प्रति घण्टामा

दुई पाङग्रेको १५

चारपाङग्रेको ४० 

६ पाङग्रेको १२० रुपैयाँ


क्षेत्र नम्बर २

न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वर लगायतका भित्री शहरी क्षेत्रमा सवारी पार्किङ गर्दा 

दुई पाङग्रेको २०

चारपाङग्रेको ५० 

६ पाङग्रे वा सो भन्दा बढीको २ सय रुपैयाँ 


क्षेत्र नम्बर ३ 

विजुलीबजार मनोहरा पुल, पेप्सीकोलासम्म, पुतलीसडक, बागबजार, डिल्लीबनजार, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर तथा सो आसपासका क्षेत्र, टेकु पुल, पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछापोखरी, बालाजुसम्मका स्थानको सार्वजनिक बाटोमा सवारी पार्किङ गर्दा 

दुई पाङग्रेको १५, 

चारपाङग्रेले ४० तथा 

६ पाङग्रे वा सो भन्दा बढीको १०० रुपैयाँ 

त्यस्तै सार्वजनिक जग्गामा पार्किङ व्यवसाय संचालक गरेको अवस्थामा व्यवसाय करमा पचास प्रतिशत छुट प्राप्त हुने छ भने तर लिफ्ट वा आधुनिक प्रविधि प्रयोगरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई यस वर्षको व्यवसाय कर नलाग्ने भएको छ। पार्किङ क्षेत्र र निषेधित क्षेत्र महानगरले तोक्ने जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved