किन बढ्दै छ बचत खातामा ब्याजदर बढाउने प्रतिस्पर्धा? एनआईसी एसियाको ९ प्रतिशत पुग्दा अरुको कति?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 02:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बैंकिङ्ग क्षेत्रमा निक्षेप तथा कर्जामा लागुहुने व्याजदर देशको अर्थतन्त्र, नियमन निकायद्वारा जारी गर्ने विभिन्न निति निर्देशन लगायतका कुराहरुले निर्देशित गर्दछ । विकसित देशहरुमा निक्षेप तथा कर्जाको व्याजदर लामो समयसम्म एकै रहने गरेको पाईन्छ । कर्जाको व्याजदरमा आउने परिवर्तनको मूख्य कारक तत्व निक्षेपमा लाग्ने व्याज हो। बजारमा तरलताको अभाव भएको समयमा समेत बैंकलाई नाफा अभिबृद्धि गनुपर्ने तथा आफ्नो वासलातको आकार बढाउनुपर्ने चापका कारण सो समयमा संस्थागत निक्षेपकर्ताहरुले मौकाका फाइदा लिदै उक्त निक्षेपको लागि चर्को व्याजदर माग गर्ने गर्दछन । फलतः त्यसको भार कर्जा लीने ऋणीहरुले बहन गर्नुपर्ने हुन्छ। 

नेपालमा संस्थागत निक्षेप कर्ताहरु मध्ये कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, विभिन्न जीवन बिमा कम्पनिहरु लगायतका संघ संस्था  पर्ने गर्दछन । साथै विभिन्न व्यावसायिक घरानाका केहि व्यक्तिहरु समेत बैंकमा ठूलो आकारमा निक्षेप राख्ने मध्येमा पर्दछन र तिनीहरु  समेत यस्तो मौकाको प्रतिक्षा गर्दै सो समयमा आफ्नो निक्षेपको व्याजदर लामो समयको लागि लक गर्ने गर्दछन । यसरी राखिने निक्षेपको रुपमा राख्ने निक्षेप मुद्दती.निक्षेपको रुपमा राख्ने गरिएको पाईन्छ ।अतः बैंकले प्रदान गर्न कर्जाको व्याजदर यस्ता संस्थागत निक्षेपमा प्रदान गरिने व्याजदरले ठुलो भुमिका निर्वाह गर्दछ।

बैंकिङ क्षेत्रमा ठुलो निक्षेपकर्ताको निर्भरतालाई कम गर्दै सर्वसाधारणलाई बढी भन्दा बढी प्रतिफल दिने गरि पछिल्लो पटक बैंकहरुबीच बचत खातामा ब्याजदर बढाउने तिब्र प्रतिस्पर्धा चलेको छ। राष्ट्र बैंकले समेत सर्वसाधारणलाई बढी भन्दा बढी प्रतिफल पाउने गरि बचत खाता समूह मध्यको न्यून ब्याजदर कायम भए बराबरको दरले कल खाताको ब्याजदर कायम गर्नु पर्ने व्यवस्था गरेको छ। यसले पनि सर्वसाधारणलाई नै फाइदा पुगेको छ। 

बैंकिङ तथा वित्तीय संस्थाहरुसंग लगानीयोग्य रकमको अभाब भएकाले बैंकहरुले पछिल्लो पटक मुद्दती निक्षेपमा मात्र नभई बचत खातामा दिने ब्याजको दर समेत उल्लेख्य रुपले बढाए। 

कुन बैंकले के गरे ?

एनआइसी एसिया बैंक 

आक्रामक रुपमा कारोबार तथा ब्यापार बिस्तार गर्ने क्रममा रहेको एनआईसी एसिया बैंकले सर्वप्रथम सर्वसाधरणको मुद्धती खातामा १२% को ब्याज प्रदान गरी बैंकिङ क्षेत्रमा नै हलचल ल्याएको थियो। यहि क्रमलाई पछ्याउदै अन्य बैंकहरुले पनि सर्वसाधरणको मुद्धती खातामा १२% सम्मको ब्याज दिन थाले। 

३ महिना अघि मात्रै एनआईसी एसिया बैंकले पहिलो पटक सर्वसाधरणको बचत खातामा ८% सम्म ब्याज दिन सकिने गरि ब्याजदर परिवर्तन गर्यो। त्यहि क्रमलाई पछ्याउदै अन्य बैंकहरुले पनि बचत खातामा दिने ब्याजको दर बढाए। बैंकरहरुका अनुसार यस कार्यले सर्वसाधरण जनताले आफ्नो संचयमा उच्च प्रतिफल प्राप्त गर्नुका साथै बैंकहरुमा संस्थागत निक्षेपको परनिर्भरताका समेत कमि भएको स्थिति छ।

हालै मात्र एन आई सी एशिया बैंकले पुनः सर्वसाधरणको बचत निक्षेपमा वार्षिक ९% का दरले प्रदान गर्ने गरि प्रेस विज्ञप्ती नै जारी गरेको छ। आगामी दिनमा यहि क्रमलाई निरन्तरता दिदै अन्य बैंकहरुले समेत बचत खाताको ब्याजदर बढाउने निश्चित प्राय: छ। 

सानिमा बैंक 

सबै भन्दा कम खराब कर्जा भएको बैंकको रुपमा रहेको सानिमा बैंकले पनि बचत खातामा ८ प्रतिशत ब्याज दिदै आएको छ। त्यस्तै सानिमा बैंकले मुद्धती खातामा अधिकतम ११ प्रतिशतसम्मको ब्याज दिएको छ। 

जनता बैंक 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन दुई सफल बिकास बैंकलाई मर्जर र प्राप्ति गरि शाखा संख्याको हिसाबले देशकै पाँचौ ठुलो बाणिज्य बैंक बन्न सफल भएको जनता बैंकले पनि बचत खातामा ८ प्रतिशत ब्याज दिदै आएको छ। जनताले गौतम बुद्द नामक बचत खातामा ८ प्रतिशत ब्याज दिएको छ भने जनता मुद्दती खातामा ११ प्रतिशत ब्याज दिएको छ। 

सेन्चुरी कमर्शियल बैंक 

नेपालको कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएको र विभिन्न बिकास बैंक तथा फाइनान्सहरुलाई प्राप्ति गरि ८ अर्ब चुक्ता पुंजी पुर्याउन अभियानमा अगाडी बढेको सेन्चुरी बैंकले बचत खातामा ६ देखि ८ प्रतिशतसम्म ब्याज दिदै आएको छ। सेन्चुरी बैंकले पनि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिदै आएको छ। 

अधिकांश बाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर करिब ८ प्रतिशतको हाराहारीमा राख्दा नबिल, सिटिजन बैंक इन्टरनेशनल, एभरेष्ट बैंकले भने न्यून दर प्रदान गर्दै आएका छन। नबिल बैंकको बचत खाताको प्रकृति अनुसार ब्याजदर न्युनतम ३ दश्मलब ७५ प्रतिशत देखि अधिकतम ५ दशमलब रहेको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टड बैंकको बचत खाताको ब्याजदर न्युनतम १ प्रतिशत देखि अधिकतम २ दशमलब ७५ प्रतिशतसम्म रहेको छ। त्यस्तै सिटिजन इन्टरनेशनलले बचत खातामा ४ प्रतिशत ब्याज दिदै आएको छ। एभरेष्ट बैंकले भने बचत खातामा २ दशमलब ५० प्रतिशत देखि ४ दशमलब ५० प्रतिशतसम्म ब्याज दिदै आएको छ। 

बचत खातामा ब्याजदर बढ्दा सर्वसाधारण खातावालहरुलाई फाइदा त पुग्छ नै। यसले संस्थापक निक्षेपकर्ताका कारण ब्याजदरमा हुन आउने तिब्र परिवर्तनलाई पनि स्थिर राख्ने काम गर्दछ। अर्को तर्फ मुद्दती निक्षेपमा उच्च ब्याजदर दिएर रकम जुटाउदै गर्दा बैंकहरुले आफुले चाहेकै बेला मुद्दती निक्षेपको ब्याजदर समायोजन गर्न सक्दैन तर आगामी दिनमा सरकारले समयमै खर्च गरेको अवस्थामा बैंकिङ प्रणालीमा पैसा आउनेछ। त्यो बेला बैंकहरुलाई बचत खातामा ब्याजदर घटाएर अगाडी बढ्न सहज हुने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved