विदेशबाट आउने रेमिट्यान्स खुम्चियो,आयात उच्च हुँदा झनै बढ्यो ब्यापार घाटा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 09:49:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ३२ प्रतिशत योगदान रहेको रेमिट्यान्स घट्दो क्रममा रहेको छ भने निर्यातमा ठुलो परिमाणको रकम बाहिरिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिट्यान्स ५ दशमलब ८ प्रतिशतले वृद्धि भई ६ खर्ब ३३ अर्ब ४२ करोड पुगेको छ। जुन अघिल्लो बर्षसंगको तुलनामा ३ दशमलब २ प्रतिशतले कम हो। अघिल्लो बर्षको यस अवधिमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो। 

आयात बढ्यो तर निर्यात घटेको घट्यै 

गत आर्थिक बर्षको ११ महिनाको अवधिमा नेपालले ६८ अर्ब ६२ करोडको बस्तु निर्यात गरेको छ भने ८ खर्ब ९६ अर्ब ५७ करोडको बस्तु आयात गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा नेपालको निर्यात २० दशमलब १ प्रतिशतले घटेको थियो भने शुन्य दशमलब ९ प्रतिशतले आयात घटेको थियो।         

समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा भारतबाट भएको आयात ३९ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।


निर्यात भन्दा आयात उच्च हुँदा बढ्यो ब्यापार घाटा 

निर्यात भन्दा आयात बढ्दा नेपालको ब्यापार घाटा ३३ प्रतिशतले बढेको छ। आयात उच्च दरले बढेको कारण ब्यापार घाटा ८ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। 


 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved