एनआईसी बैंकको मुनाफा १ अर्ब ४७ करोड,स्थापनाको २० औ बर्षमा यस्ता छन् बैंकका '२० बिशेष योजना'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 10:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले ३८ प्रतिशतले खुद मुनाफा बढाएको छ। बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैंया  खुद मुनाफा आर्जन गरेको जनाइएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ६ करोड ६९ लाख ६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।बिजपाटी डटकमले एनआईसी एसियाको चौथो त्रैमासको कमाई १ अर्ब ४३ करोड प्रक्षेपण गरेको थियो। 

बैंकले १९ बर्ष पुरा गरि २० औ बर्ष प्रवेश गरेको अवसरमा राजधानीको एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गत आर्थिक बर्षमा बैंकले ८६ अर्ब ६९ करोड रुपैंया निक्षेप संकलन गरि ७१ अर्ब ५८ करोड रुपैंया कर्जा प्रवाह गरेको जानकारी दिएका छन।

बैंकले चुक्ता पुंजी १५ प्रतिशतले बढाउँदा प्रति सेयर आम्दानी ३८ प्रतिशतले बढाएर आगामी दिनमा राम्रो प्रगति गर्न सक्ने संकेत दिएको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १८ रुपैंया ४७ पैसा, निष्कृय कर्जा अनुपात शुन्य दशमलब ३६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६ दशमलब ३४ प्रतिशत,मुल्य आम्दानी अनुपात २० दशमलब २६ गुणा, प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ १५ पैसा,तरलता अनुपात २५ दशमलब ७९ प्रतिशत र पूँजीकोष अनुपात १३ दशमलब ९५ प्रतिशत रहेको छ। 

'गत आर्थिक बर्ष तरलता अभाबको अवस्था हुँदा पनि बैंकले निक्षेप २६ प्रतिशतले बढाएर कर्जा विस्तार २२ प्रतिशतले बढाएको छ' बिजपाटी डटकमसंगको कुराकानीमा बैंकका सीईओ रिसालले भने।   

बैंकले स्थापनाकालदेखि अहिलेसम्म गरेको प्रगति विवरण र आगामी दिनमा बैंकको रणनीतिबारे जानकारी गराउदै सीईओ रिसालले बैंकको खराव कर्जा घटेको, सम्पत्तिको गुणस्तर धेरै राम्रो भएको लगायतका कारणले बैंकले ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको बताए।

बैंकको १९ बर्षको यात्रा 

मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ साल साउन ५ बाट एक क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंकको रुपमा बैंकिङ सेवा सुरु गरेको बैंकले २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडलाई ०७० अषाढ १६ मा आफुसंग गाभि एनआइसी एसिया बैंकको रुपमा कारोबार गर्दै आएको छ।        

बैंकले हाल देशभरका दुरदराज तथा दुर्गमसम्म पुगी कुल ११९ शाखा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। त्यस्तै ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ । 

हाल बैंकसंग १ लाख ३० हजार मोबाइल बैंकिङ प्रयोगकर्ता, १ लाख २० हजार एटिएम प्रयोगकर्ता र २७ हजार इन्टरनेट बैंकिङका प्रयोगकर्ता रहेका छन। 

बैंकले बिपन्न बर्गमा लक्षित कर्जा अनुरुप प्रत्यक्षरुपमा अहिलेसम्म १ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले स्थापनाकाल देखि अहिलेसम्म राज्यलाई ५ अर्ब भन्दा बढी कर भुक्तानी गरेको छ। १९ बर्षको यात्रामा बैंकले सेयरधनीहरुलाई ५ अर्ब ६० करोड माथिको लाभांश खुवाएको छ।

बैंकको आगामी योजना 

आक्रामक रुपमा बजार विस्तार गर्ने योजनामा रहेको बैंकले चालु आर्थिक बर्षमा मात्रै थप ८१ वटा शाखा थप्ने जनाएको छ। नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने लक्ष्य लिएको छ। बैंकसंग चालु आर्थिक बर्ष  भित्र शाखा संख्या २०० भन्दा बढी,एटिएम संख्या ४ सय भन्दा बढी, तत्काल शाखा पुर्याउन असम्भव स्थानमा दुई सय भन्दा बढी शाखा रहित बैंकिङ, डिजिटल पेमेन्ट सिस्टमको सहजताका लागि दुई हजार भन्दा बढी पीओएस र हाल कायम चार हजार ५ सय रेमिट्यान्स पेआउट एजेन्ट संख्यालाई १० हजार पुर्याउने योजना रहेको छ।             

त्यस्तै बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ । बैंकले चालु आर्थिक वर्षभित्र जाजरकोटमा केन्द्रीय कार्यालय रहने गरी एनआइसी एसिया लघुवित्त संचालनमा ल्याउने भएको छ। 

इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा दिदै आएको बैंकले प्रविधिको अधिकतम प्रयोग मार्फत ग्राहकहरुलाई छिटो छरितो तथा सहज सेवा प्रदान गर्ने लक्ष्य सहित 'पूर्णतया अनलाइन आस्वा','पूर्णतया अनलाइन खाता खोल्न सकिने सुविधा' र छिटो छरितो कर्जा स्वीकृतीको लागि 'स्कोर कार्ड मोडल' लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।      

ग्राहकले पाउनु पर्ने सूचना र अन्य जानकारी मेसेज र इमेल मार्फत जानकारी दिदै आएको बैंकले डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पूर्णतया अनलाईन आस्वा, लगायतका सुविधालाई बिशेष प्राथमिकतामा राखेको छ। डिजीटल बैंकिङमा लैजाने योजना अन्तर्गत बैंकले डिजिटल प्रविधिमा आधारित सम्पूर्ण सेवा निशुल्क गर्ने भएको छ। सेवाको २०औं बर्षमा प्रवेश गरेको अवसरमा बैंकले निक्षेप तथा कर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी गरेको छ।  

संंस्थागत सामाजिक उत्तरदायित्व 

संंस्थागत सामाजिक उत्तरदायित्व तर्फ बैंकको लक्षित क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशी करण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै शसक्त बनाउन बैंक कटिबद्ध रहेको बताइएको छ। बैंकले गत आर्थिक बर्षको प्रतिबद्धता अनुसार देशभर छरिएर रहेका विभिन्न शाखा कार्यालय मार्फत देशका विभिन्न स्थानहरुमा ७ हजार बढी बिरुवा वृक्षारोपण गरेको छ।    


चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved