धितोपत्र बोर्डको निर्देशनले अप्ठारोमा सहारा बिकास बैंक,पुग्यो कम्पनी रजिष्ट्रारको कार्यालय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 06:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनको क्रममा भएको बेतिथी रोक्न कडा कदम चाल्ने संकेत दिएको छ। यस अघि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद जारी गर्ने निर्णयबाट पछी हट्दा बजारमा नकारात्मक संदेश गएकाले बोर्डले कडाई गर्न लागेको जनाइएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन सुरुमा हकप्रद निष्काशनको घोषणा गर्ने र पछि आफैले गरेको निर्णयबाट पछी हट्ने प्रवृतिले लगानीकर्ता मारमा परेकाले बोर्डले अब आइन्दा यस्तो हुन नदिन कडाई गर्न लागेको हो। 

नेपाल राष्ट्र बैंकले समेत धितोपत्र बोर्डको कदमलाई साथ दिएको छ। हकप्रद रद्द गरेर मर्जरको अनुमति लिन आउने संस्थालाई धितोपत्र बोर्डको सहमती बिना मर्जर स्वीकृति नदिने भएको छ। 

हकप्रद निष्काशनमा हुँदै आएको मनोमानीलाई निरुत्साहित पार्न नेपाल धितोपत्र बोर्डले सर्लाही बेस सहारा बिकास बैंकलाई नियम सम्झाएको छ। 'हकप्रद जारी गर्ने पर्छ भन्ने भन्दा पनि नियमावलीको व्यवस्था अनुसार अगाडी बढ्न सहारा बिकास बैंकलाई निर्देशन दिएका छौं' बोर्डका सहप्रवक्ता निरंजय घिमिरेले बताएका छन्। 

धितोपत्र बोर्डले सहारा बिकास बैंकको नाममा पत्र काटेर नियमावली कार्यन्वयन गर्न दिएको निर्देशनले बैंकलाई अप्ठ्यारोमा पारेको छ। त्यसो त यस अघि रिलायबल डेभलपमेन्ट बैंक,राप्तीभेरी विकास बैंक लगायतलका आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाले हकप्रद निष्काशन रद्द गरी मर्जरको बिकल्प रोजेका थिए। 

१०० कित्ता बराबर २ सय ५० कित्ता अर्थात २५० प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने निर्णयबाट पछी हटेको सहाराले बोर्डको निर्देशन पश्चात नै 'बिशेष कारण' भन्दै साउन ४ गतेको बिशेष साधारणसभा स्थगित गरेको थियो। हकप्रद जारी गर्ने निर्णयलाई पन्छाउदै देब बिकास बैंकको सहारा रोज्न पुगेको सहारा बिकास बैंकलाई रद्द गरिएको हकप्रद फेरी जारी गर्ने बाध्यतामा आइपरेको छ। 

२५० प्रतिशत हकप्रद दिने प्रक्रिया पुन: ब्युतिदा सर्वसाधारण लगानीकर्ता खुशी नै देखिएपनि यसबाट सहारा बिकास बैंकका संस्थापक सेयरधनीहरु भने अप्ठ्यारोमा परेका छन। 'एमओयु गरेर डीडीए प्रक्रिया समेत अन्तिम अवस्थामा धितोपत्र बोर्डबाट यस्तो निर्देशन आउनु अवश्य पनि सुखद होइन, अब सम्पूर्ण प्रक्रिया पुन: दोहोर्याउनु पर्ने भएको छ' सहारा विकास बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजित कुमार झाले बताएका छन। 

'मर्जरमा जाने भएको भए पहिले निर्णय भएझैँ हकप्रद बिक्री गरेर पनि अगाडी बढ्न सहज हुन्थ्यो तर अर्को संस्थासंग एक्विजिसनमा जाने प्रक्रियामा रहंदा हकप्रद निष्काशन गर्ने पर्ने निर्देशनले एका तर्फ संस्थापक सेयरधनीहरु माथी भार थपिएको छ भने अर्को तर्फ सुरुबाटै प्रक्रिया अगाडी बढाउनु पर्ने हुँदा नीतिगत रुपमा समेत समस्या थपिएको छ' सीईओ झाले भने।

नेपाल धितोपत्र बोर्डले निर्देशन दिईसकेको अवस्थामा हकप्रद जारी गरेर नै आफुहरु अगाडी बढ्ने उनले बिजपाटीसंगको कुराकानीमा बताएका छन। हकप्रद जारी गर्ने प्रक्रियालाई अगाडी बढाउदै आफुहरुले कम्पनी रजिष्ट्रार  कार्यालयमा निबेदन पेश गरिसकेको उनले बताए।

चुक्ता पुंजी बढाउँन तोकिएको समयअवधि सकिएपछी धितोपत्र बोर्डबाट यस्तो निर्णय आउनू अवश्यपनि न्यायसंगत छैन। किनकि यस अघि पनि आधा दर्जन बैंक बित्तिय संस्थाले हकप्रद निष्काशनको प्रक्रिया रद्द गरी मर्जरमा जाने छुट पाएका छन। धितोपत्र बोर्ड र राष्ट्र बैंकको लिएको यो  कदम 'खै के गरी सक्यो अनि दैलो देख्यो' भने जस्तो भएको छ। यद्दपी धितोपत्र बोर्डले ढिलै भएपनि हकप्रद निष्काशनमा भएको बेतिथीलाई रोक्न चालेको यो कदम सराहनीय छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved