जगेडा कोष ११७ र मुनाफा ३८ प्रतिशतले बढाएको एनआइसी एसिया बैंकको लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 10:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्ष १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको एनआईसी एसिया बैंकको लाभांश क्षमता कति होला ? नेपाल राष्ट्र बैंकले दिएको समय अवधिसम्म बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड पुगेको छ। यस आधारमा ८ अर्ब चुक्ता पुंजी पुर्याउन बैंकले करिब १ अर्ब ३१ करोड पुंजी थप गर्नु पर्नेछ। 

त्यसो त बैंकले १९ दशमलब ५० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुंजी ८ अर्ब सहजै पुर्याउन सक्ने अवस्थामा छ। बैंकले अघिल्लो आर्थिक बर्षसंगको तुलनामा ३८ प्रतिशतले खुद मुनाफा बढाएर गत आर्थिक बर्ष १ अर्ब ४६ करोड रुपैयाँ कमाएको छ भने जगेडा कोष रकम १ सय १७ दशमलब १७ प्रतिशतले बढाएर ३ अर्ब ४९ करोड पुर्याएको छ।    

त्यस्तै एनआइएसी एसियाले बिक्री गरेको २५ र १५ प्रतिशत हकप्रदमा अवितरित सेयर बढाबढ मार्फत बिक्री गर्दा बैंकलाई करिब ४१ करोड  रुपैयाँ आर्जन भएको छ। 

बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण र अघिल्लो आर्थिक बर्षको रिटेंन अरनिङ १० करोड ५६ लाख ४४ हजार ११६ रुपैयाँलाई आधार मान्दा बैंकले करिब २५ प्रतिशत लाभांस दिन सक्ने देखिन्छ। बैंकले सम्भवत: गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि २५ प्रतिशत लाभांश दिन सक्नेछ।

एनआइसी एसियाद्वारा बालबाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved