१ अर्ब ५१ करोड मुनाफा गरेको र जगेडा कोष मजबुत भएको एनएमबि बैंकको लाभांश क्षमता कती ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 09:52:25 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको एनएमबि बैंकको लाभांश क्षमता कति होला ? नेपाल राष्ट्र बैंकले दिएको समय अवधिसम्म बैंकको चुक्ता पुंजी ६ अर्ब ४६ करोड रहेको छ। यस आधारमा बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याउन १ अर्ब ५४ करोड पुंजी थप गर्नुपर्ने हुन्छ। 

त्यसो त बैंकले १ करोड १४ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) प्रिमियम मूल्यमा निश्काशन गर्न धितोपत्र बोर्डमा आबेदन दिएको छ। प्रिमियममा एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ६० करोड हाराहारी पुग्नेछ। यस्तो अवस्थामा बैंकले ६ प्रतिशत बोनस सेयर दिंदा पनि सहजै ८ अर्ब चुक्ता पुंजी पुग्नेछ। प्रिमियममा एफपीओ बिक्री गर्दा बैंकको खातामा अर्बौं बराबरको प्रिमियम रकम जम्मा हुनेछ। 

त्यस्तै बैंकले नेदरल्याण्डको साझेदार एफएमओलाई २० प्रतिशत हिस्सेदारी कायम गर्न ९४ लाख कित्ता संस्थापक सेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५० प्रिमियम मूल्यमा प्रति कित्ता २५० रुपैयाँमा बिक्री गरेको थियो। यहाँबाट पनि बैंकलाई १ अर्ब ४१ करोड प्राप्त भएको छ।  

बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ करिब ८ करोड ७७ लाख रहेको छ भने क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पूर्वाञ्चलको पाथिभरा विकास बैंक, पश्चिमाञ्चलको भृकुटी विकास बैंकलाई मर्ज गर्दा स्वापबाट आएको करिब ६५ करोड सहित बैंकको जगेडा कोष रकम ४ अर्ब २६ करोड पुगेको छ।  

बैंकले प्रस्तुत गरेको वित्तीय बिबरण र उसले अन्य संस्था मर्ज गर्दा प्राप्त स्वाप रकमको आधारमा बैंकसंग प्रिमियममा एफपीओ निष्काशन गर्नु अगाडी ५२ प्रतिशत बोनस सेयर दिने सक्ने क्षमता छ भने एफपीओ पश्चात ४४ प्रतिशत बोनस सेयर दिन सक्ने क्षमता रहेको छ। 

अघिल्लो बर्ष ८ प्रतिशत बोनस सेयर दिएको बैंकले गत बर्ष कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस सेयर बाँडेको थियो। बैंकले लाभांश वितरणमा स्थिरता हुनेगरी बिगतमा भन्दा केहि बढी हुने लाभांश बितरण गर्न सक्ने अनुमान गर्न सकिन्छ।         

चौथो त्रैमासको विवरण 

बैंकले गत आर्थिक बर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ११ करोड मुनाफा गरेको थियो। 

बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा एनएमबि बैंकको मुनाफा ५ करोडले बढी हो। (चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

यस अवधिमा बैंकले ७२ अर्ब ३१ करोड निक्षेप संकलन गरी ६२ अर्ब ७१ करोड कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले ६४ अर्ब ७८ निक्षेप संकलन गरी ५३ अर्ब २ करोड कर्जा लगानी गरेको थियो। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब ८१ प्रतिशतबाट १ दशमलब ६४ प्रतिशतमा झरेको छ। गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा, मुल्य आम्दानीको अनुपात १९ दशमलब ६८ गुणा, प्रति सेयर नेटवर्थ १६६ रुपैयाँ ०७ पैसा, तरलता अनुपात २८ दशमलब १४ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved