बिशेष रिपोर्ट : सिद्दार्थ बैंक र सनराइज बैंक मध्ये कसको लाभांश क्षमता बढी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 09:33:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने लहर चलेको छ। यसै क्रममा साउन १७ गते सिद्दार्थ बैंक र साउन १८ गते सनराइज बैंकले आफ्नो वित्तीय विवरण प्रस्तुत गरेका छन।

बिजनेश युनिभर्सललाई प्राप्ती गरी आफ्नै बलबुंतोमा चुक्ता पुंजी पुर्याउने योजनामा रहेको सिद्दार्थ बैंक र नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराइज बैंकले गत आर्थिक बर्ष सामान्य प्रगती गरेको वित्तीय बिबरण प्रस्तुत गरेका छन। 

चुक्ता पुंजी वृद्धि गर्नु पर्ने दबाबमा रहंदा सिद्दार्थ बैंकको प्रति सेयर आम्दानी झन्डै आधाले घटेको छ भने सनराइज बैंकको प्रति सेयर आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ६ रुपैयाँले घटेको छ।   

पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ। 

सिद्दार्थ बैंक 

गत आर्थिक बर्ष १ अर्ब ४१ करोड खुद मुनाफा गरेको सिद्दार्थ बैंकको लाभांश क्षमता कति होला ? नेपाल राष्ट्र बैंकले तोकेको समयअवधिसम्म चुक्ता पुंजी ६ अर्ब ६२ करोड पुर्याएको यस बैंकसंग करिब १८ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ। यद्दपी बैंकले करिब ६ प्रतिशत बोनस सेयर मार्फत नै ८ अर्ब चुक्ता पुंजी पुर्याउन सक्ने अवस्थामा छ। 

सिद्दार्थ बैंकले नेपाल राष्ट्र बैंकले आफ्नै क्षमताले चुक्ता पुंजी ८ अर्ब पुर्याउने लक्ष्य अनुरुप गत बर्ष ३० प्रतिशत हकप्रद जारी गरेको थियो भने  बिजनेश युनिभर्सललाई प्राप्ती गरेको थियो। बैंकले ३० प्रतिशत हकप्रद जारी पश्चात कायम चुक्ता पुंजीबाट पुन: १० प्रतिशत हकप्रद बिक्री गर्दैछ। १० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी करिब ७ अर्ब ५० करोड पुग्नेछ। 

अघिल्लो आर्थिक बर्षको कमाईबाट ४८ प्रतिशत बोनस सेयर वितरण गरेको सिद्दार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पुंजी बढाउँदा प्रती सेयर आम्दानी भने झन्डै आधाले घटेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ६२ करोड र जगेडा कोष रकम ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ। बैंकले हकप्रद जारी गर्दा संस्थापक सेयरधनीबाट कल इन एडभान्सबाट प्राप्त १ अर्ब ३७ करोड ८० लाख रुपैयाँ मात्र चुक्ता पुंजीमा देखाएको छ। त्यस्तै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ करिब ९ करोड ९५ लाख रुपैयाँ रहेको छ।   

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ आधार मान्दा सिद्दार्थ बैंकले करिब १८ प्रतिशत लाभांश दिन सक्ने आंकलन गरिएको छ।     

सनराइज बैंक

त्यस्तै सनराइज बैंकले यो बर्ष १४ प्रतिशत बोनस सेयर दिन सक्ने आंकलन गरिएको छ। बैंकले अघिल्लो आर्थीक बर्षसंगको तुलनमामा २२ प्रतिशतले बढाएर १ अर्ब १६ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको जगेडा कोष रकम २ अर्ब ३३ करोड रहेको छ।

नारायणी नेशनल फाईनान्सलाई प्राप्ती गरेको सनराइज बैंकले ३२ प्रतिशतले चुक्ता पुंजी वृद्धि गर्दा उसको प्रति सेयर आम्दानी समेत ६ रुपैयाँले खुम्चिएर १६ रुपैयाँ ६६ पैसामा सिमित भएको छ। 

यस अवधिमा सनराइज बैंकको चुक्ता पुंजी ७ अर्ब १ करोड रुपैयाँ रहेको छ भने उसको खराब कर्जा अनुपात १ दशमलब ३७ प्रतिशत पुगेको छ। यस अवधिमा सनराइज बैंकले ६१ अर्ब १ करोड निक्षेप संकलन गरी ५१ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ। 

सनराइज बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ करिब १ करोड ५९ लाख रुपैयाँ रहेको छ भने एनआईडिसी क्यापिटल मार्केटलाई प्राप्ति गर्दा स्वापबाट करिब ८ करोड १७ लाख आम्दानी भएको छ।

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङलाई आधार मान्दा सनराइज बैंकले १४ प्रतिशत बोनस सेयर दिन सक्ने आंकलन गरिएको हो। बैंकले करिब १३ प्रतिशत बोनस सेयर बितरण गर्दा उसले ८ अर्ब चुक्ता पुंजीको लक्ष्य हासिल गर्नेछ।

यो पनि:

चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)


बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved