स्ट्यान्डर्ड चार्टड बैंकको १०५ प्रतिशत लाभांश क्षमता, यसरी पुर्याउँदैछ चुक्ता पुंजी ८ अर्ब (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 09:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने लहर चलेको छ। यसै क्रममा केहि बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरीसकेका छन भने अधिकांशले सार्वजनिक गर्न बाँकी नै रहेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन प्राय बैंकहरुले हकप्रद, एक्विजिसनको बिकल्पलाई रोजेको अवस्थामा स्ट्यान्डर्ड चार्टड बैंकले भने बोनस सेयर मार्फतनै चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजनामा छ।

"पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ। "

चुक्ता पुंजी ८ अर्ब पुर्याउने दबाबमा रहेको स्ट्यान्डर्ड चार्टड बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण केहि दिन मै सार्वजनिक गर्ने तयारीमा छ।बिजपाटी डटकमले बैंकले एक अर्ब ३९ करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।

त्यसो त बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन स्ट्यान्डर्ड चार्टड बैंकले शतप्रतिशत बोनस सेयर वितरण गर्ने पूर्वानुमान गरिसकिएको छ। यद्दपी बैंकसंग लाभांश क्षमता कति होला भन्ने चाँसो भने आजपनि उस्तै रहेको छ।

बैंकसंग अघिल्लो आर्थिक बर्षको ११ करोड ५३ लाख ६८ हजार ४६४ रुपैयाँ रिटेन अर्निङ रहेको छ भने प्रिमियममा एफपीओ बिक्री गर्दा ३ अर्ब ४ करोड ४१ लाख ८६ हजार ६ सय रुपैयाँ आम्दानी भएको छ। बैंकले १ सय रुपैयाँ अंकित मुल्यमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ बिक्री गरेको थियो।

गत आर्थिक बर्ष न्युनतम १ अर्ब ३४ करोड खुद मुनाफा आर्जन गरेको अवस्थामा उसले १०५ दशमलब ३ प्रतिशत लाभांश (शत प्रतिशत बोनस र कर प्रयोजनका लागी ५ दशमलब ३ प्रतिशत नगद लाभांश) वितरण गर्न सक्ने हैसियत बनाउनेछ। 

गत आर्थिक बर्षको मुनाफा, जगेडा कोष रकम तथा अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियममा एफपीओ बिक्री गर्दा प्राप्त आम्दानीलाई    आधार मान्दा बैंकले शतप्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ दशमलब ३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ। हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ५७ लाख १५ हजार ३ सय रुपैयाँ रहेको छ। शतप्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६ सय पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved