२ अर्ब ७७ करोड मुनाफा गरेको र जगेडा कोष मजबुत भएको कृषि विकास बैंकको लाभांश क्षमता कती ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 07:02:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने लहर चलेको छ। यसै क्रममा केहि बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरीसकेका छन भने अधिकांशले सार्वजनिक गर्न बाँकी नै रहेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन प्राय बैंकहरुले हकप्रद, एक्विजिसनको बिकल्पलाई रोजेको अवस्थामा कृषि बिकास बैंकले भने हकप्रद र बोनस सेयर मार्फतनै चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजनामा छ।

"पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।"

सरकारी स्वामित्वको कृषि विकास बैंकले साउन २५ गते गत आर्थिक बर्ष उल्लेख प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। बैंकले गत बर्ष ५० प्रतिशत हकप्रद २० प्रतिशत बोनस सेयर बितरण गरी यस अवधिमा चुक्ता पुंजी ७ अर्ब ८ करोड पुर्याएको छ। सरकारी स्वामित्वको अग्राधिकार सेयर समेत जोड्दा बैंकको चुक्ता पुंजी १२ अर्ब देखिन्छ यद्दपी बैंकले साधारण सेयर मात्र समावेश गरि रिपोर्ट पेश गरेको छ। 

 केहि बर्ष यता बैंकले निजि क्षेत्रबाट संचालित बाणिज्य बैंकको हाराहारीमा नै आफ्नो उपस्तिथी जनाउदै आएको कृषि बिकास बैंकले गत आर्थिक बर्ष पनि आशालाग्दो प्रगती विवरण प्रस्तुत गरेको छ। 

सरकारको अग्राधिकार सेयरलाई चुक्ता पुंजीमा देखाउन नपाउने भएपछी दबाबमा रहेको कृषि विकास बैंकले ५० प्रतिशत हकप्रदको सहारा लिंदा सोहि अनुसार खुद मुनाफा बढाउँन नसकेपनि बैंकले भविष्यमा अझै राम्रो गर्न सक्ने आशा देखाएको छ। गत आर्थिक बर्ष बैंकले २ अर्ब ७७ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा धेरैले बढी हो।

बैंकले गत आर्थिक बर्ष ९९ अर्ब ९५ करोड निक्षेप संकलन गरि ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ५० प्रतिशतले बढेर ९ अर्ब ८८ करोड पुगेको छ।

गत बर्ष ५० प्रतिशत हकप्रद बिक्री गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्री गर्दा बैंकलाई ५१ करोड ३७ लाख आम्दानी भएको छ भने अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ १८ करोड ३३ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ आधार मान्दा बैंकसंग करिब ४१ दशमलब २० प्रतिशत लाभांश क्षमता रहेको छ। यद्दपी बैंकले १३ प्रतिशत बोनस सेयर वितरण गर्दा पनि चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने देखिन्छ। गत बर्ष २० प्रतिशत बोनस सेयर वितरण गरेको यस बैंकले सोहि अनुपातलाई कायम गर्न पनि आकर्षक बोनस सेयर दिने आंकलन गरिएको छ।   

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ५८ पैसा, प्रति सेयर नेटवर्थ २३४ रुपैयाँ ५१ पैसा, मुल्य आम्दानीको अनुपात १२ दशमलब ५८ गुणा र खराब कर्जा अनुपात २ दशमलब ९७ प्रतिशत रहेको छ।   

बाणिज्य बैंकहरुमा बैंक अफ काठमांडू, सिभिल, सेन्चुरी, एभरेष्ट, हिमालयन, जनता , कुमारी, मेगा, नेपाल बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबिआइ, स्ट्याण्डर्ड चार्टड, राष्ट्रिय बाणिज्य बैंकको वित्तीय विवरण आउँन बाँकी नै रहेको छ। यी बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिने प्रतिफलबारे जानकारी दिनेनै छौं।   

चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved