EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 12, 2017 | 07:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा छन। यसै सन्दर्भमा नेप्सेमा सुचिकृत २८ मध्य १९ बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेको छन भने एनआईसी एसिया बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश समेत घोषणा गरिसकेको छ। 

लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। 

केहि पहुँचवाला ठुला लगानिकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै रहेका छन। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महसुस गर्दै बिजपाटी डटकमले पछिल्लो समय नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा  लाभांश क्षमता प्रक्षेपण गर्दै आएको छ। 

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यहाँ २८ बाणिज्य बैंकहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ २८ बाणिज्य बैंकको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:



कृषि बिकास बैंक 

गत आर्थिक बर्ष कृषि बिकास बैंकले २ अर्ब ७७ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३९ रुपैयाँ १८ पैसा रहेको छ। बैंकसंग ४१ दशमलब २० प्रतिशत लाभांश क्षमता रहेको छ। यद्दपी बैंकले १५ प्रतिशत बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गर्ने अपेक्षा गरिएको छ।

बैंक अफ काठमांडू 

लुम्बिनी र बैंक अफ काठमान्डू मिलेर बनेको बैंक अफ काठमांडूले गत आर्थिक बर्ष  १ अर्ब २३ करोड ९० लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा रहेको छ। बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन २ अर्ब ३७ करोड पुंजी थप गर्नुपर्नेछ। बैंकसंग १७ दशमलब ९० प्रतिशतको लाभांश क्षमता रहेको छ। बिओकेले १७ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्ने अपेक्षा गरिएको छ।बिओकेसंग थप निष्काशन गरी अपुग पुंजी पुरा गर्न ३ बिकल्प रहेको छ। 

एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प

सिभिल बैंक 

सिभिल बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद बिक्रीको अनुमती माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। हामा मर्चेन्ट , युनिक फाइनान्स लगायतका संस्था प्राप्ती गर्दा बैंकलाई ५९ करोड स्वापबाट आम्दानी भएको छ। सिभिल बैंकले गत आर्थिक बर्ष न्युनतम २० करोड खुद मुनाफा गरेको अवस्थामा पनि १४ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्ने अपेक्षा गरिएको छ। 

सेन्चुरी बैंक 

सेन्चुरी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन। बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने अपेक्षा गरिएको छ। बैंकले प्राप्त गरेका संस्था सगरमाथा फाइनान्स,अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटीब डेभलपमेन्टको स्वापबाट आएको आम्दानी र अल्पाइन डेभलपमेन्ट तथा सेती फाइनान्सलाई पुंजीकृत गरी देखाइएको, अवितरित हकप्रद लिलाम मार्फत बिक्री गर्दा प्राप्त आम्दानी र गत आर्थिक बर्षको कमाईबाट बैंकले ३ प्रतिशत बोनस सेयर दिने अपेक्षा गरिएको हो।  

ग्लोबल आइएई बैंक 

ग्लोबल आइएमई बैकले गत आर्थिक बर्ष  २ अर्ब ३ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ भने चुक्ता पुंजी ८ अर्ब ८ करोड रहेको छ। ग्लोबल आइएमई बैंक पुंजी वृद्धि तथा कारोबार बिस्तार गरी अग्रणी बाणिज्य बैंक बन्ने लक्ष्य सहित अघि बढेको हुनाले यस बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। त्यसो त बैंकसंग २५ दशमलब २२ प्रतिशत बोनस सेयर दिने क्षमता रहेको छ। 

कुमारी बैंक 

कुमारी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय बिबरण सार्वजनीक गर्न बाँकी नै रहेको छ। चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत कुमारीको साधारणसभाले २० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरिसकेको छ भने केहि दिनमै निष्काशन अनुमतीका लागि धितोपत्र बोर्डमा आबेदन दिने तयारीमा छ। कुमारीले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। 

मेगा बैंक 

मेगा बैंकले गत आर्थिक बर्ष ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। मेगा बैंकको ६५ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भईसकेको अवस्था छ भने टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने तयारीमा रहेको छ। मेगा बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। यद्दपी टुरिजमलाई प्राप्ती गर्ने प्रक्रिया सफल भएको अवस्थामा बैंकले नगद लाभांश मात्र वितरण गर्न सक्ने अपेक्षा गरिएको छ। यद्दपी बैंकसंग १५ दशमलब ५० प्रतिशत लाभांश क्षमता रहेको छ। 

एनसीसी बैंक 

एनसीसी बैंकले पनि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नै रहेको छ। बैंकलाई सुप्रिम लगायत ४ बिकास बैंकलाई प्राप्ति गर्दा स्वापबाट ९४ करोड प्राप्ती भएको छ। बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने एजेन्डा राखेर साधारणसभा आब्हान गरेको छ। साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत भईसकेको छ। बैंकलाई स्वापबाट प्राप्त भएको आम्दानीलाई मात्र आधार मानेर  उसले २१ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण  गरिएको हो। गत आर्थिक बर्षको कमाईबाट २१ प्रतिशत बोनस सहित नगद लाभांश समेत दिने अपेक्षा गरिएको छ । 

एनएमबि बैंक 

एनएमबि बैकले गत आर्थिक बर्ष १ अर्ब ५१ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा एनएमबि बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ ८८ पैसा रहेको छ। बैंकसंग ४४ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। बैंकले १५ दशमलब बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकले प्रिमियममा १ करोड १४ लाख कित्ता एफपीओ बिक्रि गर्दै छ। उक्त एफपीओलाई समेत पुन्जिकृत गरी यो लाभांश प्रक्षेपण गरिएको हो। 

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक बर्ष १ अर्ब ७५ करोड खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा रहेको छ। प्रभु बैंक ४० प्रतिशत हकप्रद बिक्री गर्ने तयारीमा रहेको छ। उल्लेख्य प्रगती गरेको उत्साहजनक वित्तीय विवरण प्रस्तुत गरेकाले अर्को बर्ष प्रभु बैंकले आकर्षक बोनस सेयर दिन सक्ने अपेक्षा गरिएको छ। तर यस बर्ष बैंकसंग बोनस दिन सक्ने क्षमता छैन। 

अर्को बर्ष बोनस बाड्न सक्नेगरी प्रभु बैंकको उत्साहजनक प्रगती, ४६० प्रतिशतले जगेडा कोषको वृद्धि

नोट: बैंकहरुको गत आर्थिक बर्षको कमाई, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ,उनीहरुको ब्यापार बिस्तार योजना, अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा मर्ज गर्दा स्वापबाट प्राप्त आम्दानीलाई आधार मानेर बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांश प्रक्षेपण गरिएको हो। 

प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाब या जानकारी छ भने  [email protected] मा इमेल गर्नु सक्नुहुनेछ। 

एनआईसी एसियाले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved