चुक्ता पुंजी ८ अर्ब पुर्याउन बोनसले मात्र नपुग्ने, कसरी भयो एभरेष्ट बैंकको यस्तो 'हालत' ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 07:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा रहेका छन।  यसै क्रममा आज भदौ २ गते एभरेष्ट बैकले सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

 एभरेष्ट बैंकले सहजै ८ अर्ब पुर्याउने पूर्वानुमान भने 'धक्का'लागेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण गरेर नै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने अपेक्षा गरिएको थियो तर उसले दिन सक्ने लाभांश क्षमतालाई जोड्दा समेत चुक्ता पुंजी ८ अर्ब पुर्याउन केहि करोड अपुग हुने देखिएको छ। 

पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।   

बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २० करोड ६८ लाख रहेको छ। बैंकको चुक्ता पुंजीमा आधारभुत सेयरधनी र संस्थापक सेयरधनीबाट प्राप्त कल इन एड्भान्सलाई समायोजन गर्दा चुक्ता पुंजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार पुगेको छ । ३३ प्रतिशत हकप्रद सेयर र बिक्रि नभएको शेयर लिलाममा बिक्रि गरेपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ७९ लाख १२ हजार ३ सय पुग्ने छ । 

 यदी बैंकले बिक्री गरेको ३३ प्रतिशत हकप्रद सेयरमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्री गरीसकेको भए उक्त सेयर बिक्रीको प्रिमियम रकम जोडेर लाभांश वितरण गर्न सक्ने थियो। र बोनस मार्फत नै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने थियो। 

तर गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङको आधारमा एभरेष्ट बैंकसंग २९ दशमलब ७०  प्रतिशत लाभांश (२८ प्रतिशत बोनस र बाँकी नगद) क्षमता रहेको छ। २८ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब ७२ करोड ८५ लाख २७ हजार पुग्नेछ। यस आधारमा चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकलाई २७ करोड १४ लाख बराबरको पुंजी अपुग देखिन्छ।

हकप्रदबाट थपिएको पुंजीलाई समेत गणना गर्दा बैंकको वास्तविक प्रति सेयर आम्दानी ३२  रुपैयाँ ८२ पैसा, मुल्य आम्दानीको अनुपात ४१  दशमलब ८६  गुणा, प्रति सेयर नेटवर्थ १९७ रुपैयाँ ४५ पैसा , खराब कर्जा अनुपात शुन्य दशमलब ५१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६ दशमलब ९४ प्रतिशत रहेको छ।  

केहि अन्य बाणिज्य बैंकहरुलाई चुक्ता पुंजी ८ अर्ब पुर्याउन सकस हुने हो कि भन्ने आशंका गरिएकोमा एभरेष्ट बैंकलाई समेत अब अर्को संस्थाको सहारा लिनु पर्न देखिएको छ। बैंकसंग अब कम्तिमा २७ करोड १४ लाख चुक्ता पुंजी भएको अर्को संस्था प्राप्ती गर्ने बिकल्प रहेको छ। त्यसो त बैंकको  बिशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष बिके श्रेष्ठले घुमाउरो भाषामा लक्ष्मी बैंकलाई गाभ्न सक्ने सम्भावनाबारे बोलीसकेका छन। अध्यक्ष श्रेष्ठले बैंकको नाम नखुलाई प्रति कित्ता ४ सय ५० रूपैयाँ सेयर मूल्य भएको बैंकलाई गाभ्न लागेको घोषणा गरिसकेका छन। 

तर अब लक्ष्मी बैंकलाई भन्दा पनि एभरेस्ट बैंकलाई मर्जरमा जानु पर्ने बाध्यता देखिएको छ ।  अब एभरेस्टले २७ करोड १४ लाख भन्दा बढी चुक्ता पुंजी भएको कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्नुको बिकल्प छैन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved