राष्ट्र बैंकले लियो बाध्यकारी मर्जर वा एक्विजिसनमा नीति, अप्ठ्यारोमा एभरेष्ट र बैंक अफ काठमांडू

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 07:13:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले समयमै तोकिएको चुक्ता पुंजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा एक्विजिसनमा जान बाध्य बनाउने भएको छ। बैंकले यस अघिको निर्देशनलाई संसोधन गर्दै तोकिएको समयमै चुक्ता पुंजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई मर्जर वा प्राप्तिको प्रक्रियामा जान निर्देशन दिने भएको छ। 

बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशन-७४ मा भएको व्यवस्थालाई संसोधन गर्दै भदौ ४ मा नयाँ सर्कुलेशन मार्फत यस्तो जानकारी गराएको हो। राष्ट्र बैंकको संसोधित व्यवस्था अनुसार अब बैंक तथा बित्तिय संस्थाले गत आर्थिक वर्षको बाह्य लेखा परिक्षण गरी सार्वजनिक गरेको वित्तिय विवरणमा लेखा सम्बन्धीे टिप्पणीमा तोकिएको न्यूततम चुँक्ता पुँजी पुगेको हुनुपर्नेछ ।

बैंकहरुले जारि गर्ने बाह्य लेखा परिक्षण गरिएको वित्तीय विवरणमा पनि तोकिएको चुक्ता पुंजी अपुग भएका वित्तीय संस्थाहरु राष्ट्र बैंकले कारबाही गर्ने र मर्जर वा एक्विजिसनमा जान निर्देशन दिने भएको छ। 

तोकिएको समयमै चुक्ता पुंजी नपुर्याउने वित्तीय संस्थाहरुलाई देहाय बमोजिमको कारबाही हुनेछ:

१.नगद लाभांश वा बोनस सेयर घोषाणा र वितरण गर्न पनि रोक लगाइने

२.निक्षेप संकलन गर्न रोक लगाइने      

३.कर्जा प्रवाह गर्न रोक लगाइने 

४. शाखा बिस्तार गर्न रोक लगाइने  

राष्ट्र बैंकले संशोधित निर्देशनले २८ बाणिज्य बैंक मध्ये एभरेष्ट बैंक र बैंक अफ काठमान्डूलाई अप्ठ्यारोमा पारेको छ। यदी एभरेष्ट बैंक र बिओकेले बाह्य लेखा परिक्षण गर्दा समेत उनिहरुको वित्तीय विवरणमा चुक्ता पुंजी ८ अर्ब नपुगेको अवस्थामा राष्ट्र बैंकले मर्जर वा एक्विजिसनमा जान बाध्य बनाउनेछ। 

एभरेष्ट बैंक 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङको आधारमा एभरेष्ट बैंकसंग २९ दशमलब ७०  प्रतिशत लाभांश (२६ प्रतिशत बोनस र बाँकी नगद) क्षमता रहेको छ। २६ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब ६० करोड ७७  लाख पुग्नेछ। यस आधारमा चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकलाई ३९ करोड २२ लाख बराबरको पुंजी अपुग देखिन्छ।

हकप्रदबाट थपिएको पुंजीलाई समेत गणना गर्दा बैंकको वास्तविक प्रति सेयर आम्दानी ३२  रुपैयाँ ८२ पैसा, मुल्य आम्दानीको अनुपात ४१  दशमलब ८६  गुणा, प्रति सेयर नेटवर्थ १९७ रुपैयाँ ४५ पैसा , खराब कर्जा अनुपात शुन्य दशमलब ५१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६ दशमलब ९४ प्रतिशत रहेको छ।  

केहि अन्य बाणिज्य बैंकहरुलाई चुक्ता पुंजी ८ अर्ब पुर्याउन सकस हुने हो कि भन्ने आशंका गरिएकोमा एभरेष्ट बैंकलाई समेत अब अर्को संस्थाको सहारा लिनु पर्न देखिएको छ। बैंकसंग अब कम्तिमा ३९ करोड २२ लाख चुक्ता पुंजी भएको अर्को संस्था प्राप्ती गर्ने बिकल्प रहेको छ।

त्यसो त बैंकको  बिशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष बिके श्रेष्ठले घुमाउरो भाषामा लक्ष्मी बैंकलाई गाभ्न सक्ने सम्भावनाबारे बोलीसकेका छन। अध्यक्ष श्रेष्ठले बैंकको नाम नखुलाई प्रति कित्ता ४ सय ५० रूपैयाँ सेयर मूल्य भएको बैंकलाई गाभ्न लागेको घोषणा गरिसकेका छन। तर अब लक्ष्मी बैंकलाई भन्दा पनि एभरेस्ट बैंकलाई मर्जरमा जानु पर्ने बाध्यता देखिएको छ ।  अब एभरेस्टले ३९ करोड २२ लाख भन्दा बढी चुक्ता पुंजी भएको कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्नुको बिकल्प छैन ।      

बैंक अफ काठमांडू 

नेपाल राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पुंजी ८ अर्ब पुर्याउन बिओकेले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयरहरु प्रिमियम मूल्य थपेर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। यस अवधिमा बिओकेको चुक्ता पुंजी ६ अर्ब २४ करोड रहेको छ। बैंकलाई ८ अर्ब पुर्याउन करिब १ अर्ब ७६ करोड पुंजी थप गर्नु पर्नेछ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ १ करोड ६६ लाख (डिबेन्चर प्रोभिजन रकम छुट्याउन बाँकी) र संस्थापक सेयर लिलामीलाई   आधार मान्दा बिओकेसंग १३ दशमलब ५० प्रतिशत बोनस दिने क्षमता हुने छ। उसले १३ प्रतिशत बोनस सेयर वितरण गर्दा समेत चुक्ता पुंजी ७ अर्ब ५ करोड ७२ लाख हाराहारी पुग्नेछ।  

बैंकले संस्थापक सेयर लिलामी मार्फत बिक्रि गर्दा प्राप्त प्रिमियम बाह्य लेखा परिक्षण गर्दाको बित्तिय विवरणमा समावेश गर्न नपाउने भएकाले बिओकेसंग ९४ करोड २७ लाख बराबरको पुंजी अपुग देखिएको छ। यस अर्थमा तोकिएको समयमै चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकसंग करिब १६ प्रतिशत हकप्रदको वा त्यति पुंजी बजारको अर्को संस्थालाई प्राप्ति वा मर्जरको बिकल्प छ। हकप्रद जारि गरेर पुंजी पुर्याउन समय अभाब हुने अवस्थामा राष्ट्र बैंकले बिओकेलाई मर्जर वा अर्को संस्था प्राप्तीको निर्देशन दिन सक्नेछ। 

यो पनि:

एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प

१ अर्ब २३ करोड मुनाफा गरेको र जगेडा कोष मजबुत भएको बैंक अफ काठमाण्डूको लाभांश क्षमता कती ?

४ बिकास बैंकलाई गाभेको एनसीसी बैंक अर्ब क्लबमा प्रवेश, इपिएस २८ हुँदा लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved