के तपाई फाइनान्स कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? जान्नुहोस, यी १६ फाइनान्सको वित्तीय अवस्था

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 22, 2017 | 09:55:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत अधिकांश फाइनान्स कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन। वित्तीय विवरण सार्वजनिक गरेका केहि फाइनान्स कम्पनीहरु बाहेक अधिकांशले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेका छन


नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको मर्जर तथा प्राप्ति नीतिले एक बर्षमा फाइनान्सको संख्या ४२ बाट २८ मा झरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष  फाइनान्स कम्पनीहरुको शाखा संख्या समेत १७५ बाट १३० मा झरेका छन। 

केहि फाइनान्सहरुले गत आर्थिक बर्ष सामान्य प्रगती गरेका छन भने केहिले उल्लेख्य प्रगती गरेका छन। त्यस्तै केहि संकटग्रस्त फाइनान्सहरु क्रमिक रुपमा सुधारको गतिमा लम्किएका छन।

२०७४ असार मसान्तसम्म राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुले चुक्ता पुंजी ८० करोड पुर्याउनु पर्नेछ। तर हालै मात्र संकटग्रस्त फाइनान्सबाट 'मुक्ति' पाएकाहरुले भनेको तोकिएको चुक्ता पुंजी पुर्याउन थप २ बर्षको अवसर पाएका छन।    

लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। 

केहि पहुँचवाला ठुला लगानिकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै रहेका छन। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महसुस गर्दै बिजपाटी डटकमले पछिल्लो समय नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा  लाभांश क्षमता प्रक्षेपण गर्ने अभ्यास थालेको छ। 

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यहाँ १६ फाइनान्स कम्पनीको वित्तीय अवस्था, लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ बिजपाटी डटकमका लागि जनोमद्वारा तयार गरिएको फाइनान्स कम्पनीको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:

श्री इन्भेष्टमेन्ट फाइनान्स 

यस अवधिमा श्री इन्भेष्टमेन्ट फाइनान्सको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेको छ। एभरेष्ट फाइनान्सलाई ६५ प्रतिशतको स्वाप अनुपातमा मर्ज गरेको श्री इन्भेष्टमेन्टले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन ८७ प्रतिशत हकप्रद बिक्री गर्ने योजनामा छ। फाइनान्ससंग ४९ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। फाइनान्सले ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका २ प्रतिशत नगद लाभांश दिने बिजपाटीले प्रक्षेपण गरेको छ।

गुहेश्वोरी, रिलायन्स, गुडविल, युनाइटेड, मन्जुश्री, आइसीएफसी र पोखरा फाइनान्स

यी ७ फाइनान्स कम्पनी राष्ट्र बैंकले तोकेको समयमै चुक्ता पुंजी पुर्याउन सक्ने अवस्थामा छन। 

रिलायन्स फाइनान्स 

रिलायन्स फाइनान्स राष्ट्र बैंकले तोकेको समयमै चुक्ता पुंजी पुर्याउन सक्ने अवस्थामा छ। अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ र गत आर्थिक बर्षको कमाईको आधारमा रिलायन्ससंग १९ दशमलब ४० प्रतिशत लाभांश दिने सक्ने क्षमता छ। बिजपाटी डटकमले रिलायन्सले १५ प्रतिशत बोनस  दिने प्रक्षेपण गरेको छ। रिलायन्स लोटस ४५ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा रहेको छ। 

गुडविल फाइनान्स 

यस अवधिमा गुडविल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ६० लाख छ। गुडविल फाइनान्ससंग १३ दशमलब ५० प्रतिशत लाभांस दिने क्षमता छ। गुडविलले १२ प्रतिशत बोनस सेयर दिने बिजपाटीको प्रक्षेपण छ। 

सिर्जना र जानकी फाइनान्स 

यी दुई फाइनान्स १ देखि तीन जिल्ले फाइनान्स कम्पनी हुन। दुवै फाइनान्स राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी समयमै पुर्याउन सक्ने अवस्थामा छन्। गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार सिर्जनासंग ४० प्रतिशत र जानकीसंग २७ प्रतिशत लाभांश दिने क्षमता छ। उनीहरुले क्रमश: ४० र २७  प्रतिशत बोनस सेयर दिने बिजपाटीले प्रक्षेपण गरेको छ।

नोट: यस अघि सिर्जना र जानकी फाइनान्सको सम्बन्धमा अन्यथा भएकोमा सच्याइएको छ

जेबिल्स फाइनान्स

जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रदको लागि बुक क्लोजको मिति तय गरेको छ। उसले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १२ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।  

अब जेबिल्सले प्रति कित्ता १ सय रुपैयाँको दरले २८ करोड ८९ लाख ५६ हजार २ सय ५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५ सय ६२ दशमलब ५० कित्ता हकप्रद निस्काशन गर्नेछ। हकप्रद निष्काशनका लागि फाइनान्सले  सनराइज क्यापिटललाई नियुक्त गरेको छ।      

कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन पश्चात पुन: ८० प्रतिशत हकप्रद बिक्री गर्ने योजनामा रहेको छ। हाल कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद, त्यस पश्चात ८० प्रतिशत हकप्रद र १० प्रतिशत बोनस सेयर (प्रक्षेपण) बिक्री तथा वितरण गर्दा उसको चुक्ता पुंजी सहजै ८० करोड पुग्ने देखिन्छ।  

गुर्खाज र प्रोग्रेसिब फाइनान्स 

यी दुवै फाइनान्ससंग गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर दिन सक्ने क्षमता छैन। 

पोखरा फाइनान्स 

एफपीओ पश्चात पोखरा फाइनान्सले एफपीओले पाउने गरी १५ प्रतिशत हकप्रद बिक्री गर्ने योजनामा रहेको छ। यस अवधिमा पोखरा फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख छ। पोखरा फाइनान्ससंग १० दशमलब ९० प्रतिशत लाभांश क्षमता छ। बिजपाटी डटकमले पोखरा फाइनान्सले १० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको छ। 

अरुण फाइनान्स र ललितपुर फाइनान्स 

समस्याग्रस्त अवस्थाबाट फुकुवा भई नियमित रुपमा कारोवार गर्दै आएका अरुण फाइनान्स र ललितपुर फाइनान्सलाई चुक्ता पुंजी ८० करोड पुर्याउन राष्ट्र बैंकले २ बर्ष थप गरेको छ। समस्याग्रस्त अवस्थामा रहेका यी फाइनान्सले क्रमिक रुपमा सुधार गर्दै अघि बढेका छन। भर्खरै मात्र शतप्रतिशत हकप्रद बिक्री गरेका यी दुवै फाइनान्ससंग तोकिएको चुक्ता पुंजी पुर्याउन हकप्रद वा मर्जरको बिकल्प छ।














Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved