सस्तोडिलमा ९० प्रतिशतसम्म छुट सहित दशैँ अफर: मोजा किन्दा जुत्ता फ्री, थाल किन्दा कराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 11:28:00 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिङ साइटहरुले ग्राहकको लागि आकर्षकको अफर ल्याएका छन। यसै क्रममा सस्तोडिल डटकमले ग्राहकहरुको लागि खल्ती संगको सहकार्यमा ‘दशैँको बेला सस्तोडिलको मेला’ मार्फत ९० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ । 

कम्पनीले आफ्नो एक्सक्लुसिभ अफरको रुपमा पोको एफ वान मोबाइललाई राखेको छ  । ६ जीबी र्याम र १२८ गीबी रोम भएको यो मोबाइल कम्पनीले २९ हजार ९ सय ९९ मा बिक्रिमा राखेको छ । त्यस्तै कम्बो प्याक अफरको रुपमा कम्पनीले भिडियोकोनको लुगा धुने मशिन, भिडियोकोन कै फ्रिज, र इलेक्ट्रोनको ओभनलाई २५ प्रतिशत छुट सहित ३९ हजार ९ सय ९९ मा बिक्रिमा राखेको छ  

कम्पनी मोजा किन्दा जुत्ता फ्रीको अफर समेत ल्याएको छ   जस अनुसार ग्राहकले ९ सय ९९ मा  ६ जोर प्रिमियर मोजा किन्दा एक जोर जुत्ता सित्तैमा पाउने छन्  त्यस्तै कम्पनीले अर्को आकर्षक अफरको रुपमा थल किन्दा कराई फ्री योजना ल्याएको छ   यस अन्तर्गत ग्राहकले ९ सय ९९ मा ९ वटा थाल किन्दा एउटा कराई सित्तैमा पाउन सक्ने छन्  त्यस्तै कम्पनीले एउटा तन्दा  किन्दा ३ वटा तन्दा फ्री अफर ल्याएको छ जसमा ग्राहकले ४ वटा तन्दासहित ८ वटा तकियाको खोल समेत पाउने छन् 

कम्पनीले साइकलमा ५० प्रतिशतसम्म छुट ल्याएको छ भने २ वटा डाईपर किन्दा थप २ फ्रीको अफर समेत ल्याएको छ । साथै कम्पनीले घुमफिर गर्न चाहनेहरुको लागि पनि छुट सहितका आकर्षक प्याकेज ल्याएको छ 

हरेक ग्राहकले समान खरिद गर्दा खल्ती वालेटबाट रकम भुक्तान गरेमा एक पटकको लागि २ हजार रुपैयाँसम्म क्यास ब्याक समेत पाउने छन् 

साथै कम्पनीले इलेक्ट्रोनिक्स सामानमा ८३ प्रतिशत छुट सहित ग्राहक मध्ये ५ जनाले मोबाइल समेत पाउने अफर ल्याएको छ । त्यस्तै पुरुषको कपडामा ७८ प्रतिशतसम्म र महिलाको कपडामा ७१ प्रतिशतसम्मको छुट अफर ल्याएको छ । कम्पनीले किताबमा ५० प्रतिशतसम्म र सबै भन्दा धेरै बच्चाहरुको 'किड्स आईटम'मा ९० प्रतिशतसम्म छुट दिएको छ 

साथै कम्पनीले 'चड्डी किन्दा गड्डी जित्ने अफर' अन्तर्गत बच्चाहरुको डाईपर किन्ने मध्ये १ जनाले १६ हजार ७ सय पर्ने भीआर बाइक पाउने छन् । 

कम्पनीले नेपालको जुन सुकै जिल्लामा सामान पुर्याईदिने बताएको छ। उपत्यका भित्र डीलिभरी गर्दा चक्रपथ भित्र ५०, र बाहिर १०० रुपैयाँ कम्पनीले लिने गरेको छ । जिल्ला बाहिर भने दुरी अनुसार किलोको १०० रुपैयाँ लिने गरेको छ। 

अनलाइन, फेसबुक पेज, फोन, मोबाइल एप वा कार्यालय मै गएर समान अर्डर गर्न सक्ने  ब्यबस्था कम्पनीले गरेको छ।  साथै ग्राहकले आफ्नो समान अर्डर गरिसकेपछि त्यो खरिद आदेशको के भयो, सामान कहाँ पुग्यो भनेर ट्रयाक गर्न सक्नेछन। यो सुविधाले ग्राहकले आफुलाई पायक पर्ने स्थानबाट सहजै सस्तोडिलको सामान प्राप्त गर्न सक्नेछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved