सिटिसी मलमा एउटा फोन किन्दा अर्को सित्तैमा, गेम खेल्दा मोबाइल निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 03:12:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिसी मोबाइल हब सुन्धारामा आइतबारदेखि मोबाइल मेला सुरु भएको छ । चाडपर्वको असर पारेर विभिन्न अफरहरु सहित मेला सुरु गरिएको हबले जनाएको छ । 

मेलामा मोबाइल किन्दा ६० प्रतिशतसम्म छुटका साथै एउटा फोन किन्दा अर्को सित्तैमा पाइने अफर समेत रहेको छ।   मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिएका छन्।  । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । 

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुने छ।त्यस्तै गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको  मोबाइल निशुल्क पाइने हबले जनाएको छ । हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने र हरेक मोबाईलको खरिदमा ग्राहकले हात खालि नजाने उपहार पाउने ब्यबस्था गरिएको हबले जनाएको छ  । 

  मेलामा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर,  दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण हुने कम्पनीले जनाएको छ । मोबाइल मेला दशैंको फुलपाती सम्म सञ्चालन हुने र अफरहरु कार्तिक १६ गतेसम्म लागू हुने छ ।

मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका मोबाइलहरु ६५०  देखि २ लाख १५ हजारसम्मका मूल्यमा बिक्रो लागि राखिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved