चाडपर्वमा अचाक्ली महँगी रोक्न सरकारलाई चेम्बरको ७ सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 09:15:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले बजारमा देखिएको दैनिक उपभोग्य मूल्यको आपूर्ति व्यवस्थापनमा देखिएको असहजता हटाउन नेपाल सरकार समक्ष अनुरोध गरेको छ।  

हालको मूल्य वृद्धि सम्वन्धमा, आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले समेत हाल मूल्य वृद्धि हुनुको कारक तत्व हुन

गएको भन्दै चेम्बरले कारोबार मुल्यलाइ मान्यता दिनुपर्ने सुझाब दिएको छ। कारोवार मूल्यलाई मान्यता दिंदा मूल्य वृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्वरको छ।  

यसका साथै अधिक भसार मुल्याड्ढन, अधिक भंसार दरवन्दी, कृषि जन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले सो अन्त्य गरिनु गर्ने चेम्बरको सुझाब छ। 

'बजार अनुगमन सम्वन्धमा, चेम्बरले सधै चाडपर्बको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमन गर्ने कार्य गर्नुपर्ने पैरवी गर्दै

आइरहेकोमा चाडपर्वमा बिभिन्न निकायहरुबाट बजार अनुगमन गर्ने कार्य हुन र अन्य बेला नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थपजटिलता ल्याएको छ' चेम्बरद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

हालै बजेट वक्तब्य मार्फत ल्याइएको भिसिटिएस, अनिवार्य प्यान नम्बर लगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको चेम्बरको ठम्याई छ। आम उपभोक्तालाइ प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैको अवसरमा आम उपभोक्ताले समस्या व्यहोर्नु परेको चेम्बरले जनाएको छ। 

ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा, हाल ट्राफिक जामको कारण ६ चक्केभन्दा ठूला ट्रकहरु काठमाण्डौं प्रवेशमा रोक लगाईएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भै बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने भन्दै चेम्बरले सांझ ६ बजे पछि त्यस्ताढुवानीका साधनहरुलाइ काठमाण्डौ प्रवेशमा निर्वाध भित्राउने व्यवस्था हुन जरुरी रहेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved