दशैंमा नयाँ नोटको जतन कसरि गर्ने ? राष्ट्र बैंकका प्रवक्ता निरौलाका 'टिप्स' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:27:52 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तिहारजस्ता चाडमा नयाँ नोटको माग अत्यधिक हुन्छ । हिन्दु धर्मावलम्वीहरुले नोटलाई पूजा गर्ने चलन पनि छ । नोटलाई चिसो हातले समाउँदा, तेल लागेको हातले समात्ने, रङ लगाउने लगायतका कार्यले नोटको आयु घट्ने र यसबाट मुलुकलाई वर्षिक करोडौं रुपैयाँ नोक्सानी हुने गरेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

प्रवक्ता निरौला पूजा गर्दा नोटमा पानी हाल्ने र रङ लगाउने प्रवृत्तिलाई उछृङ्खल गतिविधि भन्छन् । कुनै पनि धर्मशास्त्रले नोटमा रङ लगाउनुपर्छ भनेर उल्लेख नगरेको उनको भनाई छ । उनले भने, ‘२००२ साल भन्दा पहिले कागजको नोट थिएन । हामीले कि त २००२ पछिमात्रै हिन्दु धर्म अनुसार पूजा गर्न सुरु गर्यौं भन्नुपर्यो अन्यथा धर्मको नाममा नोट बिगार्ने प्रचलनलाई अन्त्य गर्नुपर्छ ।’ 

सरकारले नोटलाई जथाभावी रुपमा बिगार्ने, केरमेट गर्ने व्यक्तिलाई ३ महिना जेल र ५ हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । 

नोटको छपाई खर्च

नेपाल राष्ट्र बैंकले वर्षमा २ देखि ३ अर्ब रुपैयाँ नोट छपाईमा खर्च गर्ने गरेको छ । १ हजार रुपैयाँको नोट छाप्न ३ रुपैयाँ ३७ पैसा र ५ रुपैयाँको नोट छाप्न करिब २ रुपैयाँ लागत पर्ने प्रवक्ता निरौला बताउँछन् । औषतमा भने एउटा नोट छाप्न २.५० रुपैयाँ खर्च लाग्छ । सुरक्षित तरिकाबाट प्रयोग गर्ने हो भने ठूला दरको नोट ७÷८ वर्ष र साना दरको नोट ४÷५ वर्षसम्म टिक्न सक्छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved