'धर्मको नाममा नोट बिगार्ने बढे,कारबाहीको नियम नै कडा बनाउनुपर्छ' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:46:25 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तिहारजस्ता चाडमा नयाँ नोटको माग अत्यधिक हुन्छ । हिन्दु धर्मावलम्वीहरुले नोटलाई पूजा गर्ने चलन पनि छ । नोटलाई चिसो हातले समाउँदा, तेल लागेको हातले समात्ने, रङ लगाउने लगायतका कार्यले नोटको आयु घट्ने र यसबाट मुलुकलाई वर्षिक करोडौं रुपैयाँ नोक्सानी हुने गरेको हिन्दु धर्मशास्त्रका बिज्ञहरु बताउँछन। 

हिन्दु धर्मशास्त्रका बिज्ञ डा रामचन्द्र गौतम धार्मिक कार्यले नै सबै भन्दा बढी नोट बिगार्ने गरेको बताउछन। धार्मिक कार्यमा नयाँ नोटको प्रयोग हुने भएपनि त्यसमा समेत ध्यान पुर्याउने हो भने नोट धेरै नबिग्रिने उनि बताउछन। 

नोटको जतन गर्नुपर्छ भनेर नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था र आफ्नो संस्थाले धेरै जनचेतना फैलाउने काम गरेको भएपनि त्यो पर्याप्त नभएकाले अब कडा कानुन नै आवश्यक भएको गौतम बताउछन। सरकारले नोटलाई जथाभावी रुपमा बिगार्ने, केरमेट गर्ने व्यक्तिलाई ३ महिना जेल र ५ हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । तर यसको कानुनी कार्यान्वयन भने हुन सकेको छैन।  

नोटको छपाई खर्च

नेपाल राष्ट्र बैंकले वर्षमा २ देखि ३ अर्ब रुपैयाँ नोट छपाईमा खर्च गर्ने गरेको छ । १ हजार रुपैयाँको नोट छाप्न ३ रुपैयाँ ३७ पैसा र ५ रुपैयाँको नोट छाप्न करिब २ रुपैयाँ लागत पर्ने प्रवक्ता निरौला बताउँछन् । औषतमा भने एउटा नोट छाप्न २.५० रुपैयाँ खर्च लाग्छ । सुरक्षित तरिकाबाट प्रयोग गर्ने हो भने ठूला दरको नोट ७÷८ वर्ष र साना दरको नोट ४÷५ वर्षसम्म टिक्न सक्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved