टिभिएसको नयाँ योजना: भाइवरमा स्टिकर डाउनलोड गर्दा स्कुटी उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 11:33:01 AM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस बाइकले भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यस योजनामा सहभागी हुनेले लक्की ड्र मार्फत स्कुटर जित्ने कम्पनीले जनाएको छ । 

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नु पर्ने छ । कम्पनीका अनुसार विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ ।

कम्पनीका अनुसार यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।

 टिभिएस मोटर कम्पनी, ८.५ बिलियन अमेरिकी डलर भएको टिभिएस ग्रुपको फ्यागसिप संगठन अन्तर्गतको दुई पाङग्रे र तीन पाङग्रे सवारी निर्माता हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved