इफार्ममा भिडियो कल गरेर खसी किन्न सकिने, होम डेलिभरीको पनि सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 11:20:43 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तिहार लक्षित गरि इफार्मले भर्चुअल खसी मेला आयोजना गरेको छ । जस अनुसार इफार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरि अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार असोज २५देखि कातिक ९ गतेसम्म  बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सकिने छ । कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए। उपभोक्ताको मागअनुसार खसी जिउँदै, काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ।

ईफार्मको वेबसाइटबाट वा फोन गरेर पनि अर्डर गर्न सकिने कम्पनीले जनाएको छ। इफार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रि–बुकिङ सुरु गरेको थियो ।  फार्मबाट खसी किन्ने  एनआइसि एसिया बैकंका प्रयोगकर्ताहरुले ५ प्रतिशत वा एक हजार रुपैयाँ सम्म छुट पाउनेछन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।

कम्पनीका अनुसार धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा उपलब्ध छ । उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा सामाजिक दुरी कायम गरेर एक एक जनालाई मात्र फार्म प्रवेश गराइने व्यवस्था गरेको संस्थापक श्रेष्ठले बताए । करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ ।

गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै इफार्म सुरु भएको थियो। त्यसपछि उनीहरु अन्य कृषि उत्पादनहरुलाई थप्दै सेवा विस्तार गरिरहेका छन्।                

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved