काठमाडौँको लागि थप १ हजार खसी बोका ल्याउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 07:54:05 PM मा प्रकाशित

laxmi  sunrise bank

माग अत्याधिक बढेपछि खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले थप १ हजार खसी बोका ल्याउने भएको छ  । यस अघि ल्याईएका खसी बोका मंगलबार बिहानसम्ममा नै बिक्रि भएपछि कम्पनीले थप खसी बोका ल्याउने भएको हो  । 

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले दाङ र हेटौडाबाट खसी बोका ल्याउने बताएकी हुन् । उनका अनुसार बुधबारको लागि २९५ वटा खसी बोका आईसकेका छन् भने बाँकि भोलि र पर्सि गरेर ल्याइने छ ।  

कम्पनीले थापाथली स्थित कार्यालयबाट सोमबार ५४० र मंगलबार १६० वटा खसीबोका बिक्रि गरेको थियो  । कम्पनीले प्रतिकिलो १० छुट दिएर ५५० मा खसी तथा बोका बिक्री गरिरहेको छ । निजी क्षेत्रका खसी व्यवसायीहरुले प्रतिकिलो ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved