घरभित्रै बसेर तिहार मनाउन सरकारको आग्रह, देउसी भैलो खेल्न निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 01:41:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घरभित्रै सुरक्षित बसेर तिहार मनाउन अनुरोध गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य प्रोटोकल तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नेगरी सुरक्षित रुपमा पर्व मनाउन अनुरोध गरेको हो । 

गृहले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घरभित्रै सुरक्षित तवरले बस्न, जो जहाँ छौँ त्यहि चाड मनाउन, आत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, अत्यावश्यक काममा बाहिर निस्कँदा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्न, देउसी भैलो लगायतका भिडभाड हुने कार्यक्रमका सहभागी नहुन, वालवालिकाहरुलाई पनि त्यस्ता कार्यक्रममा नपठाउन अनुरोध गरेको छ । 

गृहले चाडपर्वको अवसरमा अत्यावश्यक उपभोग्य बस्तुको आपूर्तिलाई सहज बनाउन, कालोबजारी, कृत्रिम अभाव हुन नदिन संयुक्त अनुगमन टोली गठन गरी निरन्तर बजार अनुगमन गर्न मातहत निकायहरुलाई आवश्यक निर्देशन दिएको छ । यसैगरी तिहारको निहुँमा जुवातासजन्य कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधि नगर्न, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भुईचम्पा, पटका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन विक्री, वितरण र प्रयोग नगर्न समेत अनुरोध गरेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved