फिफा विश्वकपः छनौट खेलमा अर्जेन्टिनाको तेस्रो जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 09:25:03 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनौट खेलमा अर्जेन्टिनाले तेस्रो जित हासिल गरेको छ । बुधबार (आज) बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई सुरुवाती अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने कुनै गोल भएन । छनौट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । 

यस्तै उरुग्वेलाई २–० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ । ब्राजिल ४ खेलमा अपराजित छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved