गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बाह्रौँ शाखा बुटवलको रुपन्देहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 12:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड Guheswori Merchant Banking & Finance Limited ले आफ्नो बाह्रौँ शाखा बुटवलमा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन रुपन्देहीमा नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोक कुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले गरे। 

हरिहर भवन, ललितपुरमा प्रधान कार्यालय रहेको फाइनान्सले काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन र देवकोटा चोक भैरहवा मार्फत फाइनान्स सुविधा दिंदै आएको छ। 

चुक्तापुंजी ८० करोड रहेको फाइनान्सले यस अवधिमा ३ अर्ब १५ करोड निक्षेप संकलन गरि ३ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै फाइनान्सले यसअवधिमा ४ करोड ३९ लाख संचालन मुनाफा गरेको छ। त्यस्तै जगेडा कोषमा १५ करोड १७ लाख छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved