बिजपाटी सम्बाददाता     May 08, 2019 | 01:18:08 PM



फस्ट माइक्रोफाइनान्स लघुवित्तले आफ्ना सञ्चालकलाई सञ्चालक शिक्षा कार्यक्रम आयोजना गरेको छ । 

बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गका लघु वित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा अभिमुखिकरण तथा पुनर्ताजगीकरण गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र« बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गका इजाजतपत्र प्राप्त लघु वित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम संस्थागत सुशासन, सञ्चालकहरुको आचारण तथा सञ्चालकहरुले पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । 

प्रमुख वित्तीय सूचकका आधारमा नेपालको बैकिंग क्षेत्र,लघुवित्त वित्तीय संस्थाहरु एवं फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तुलनात्मक अवस्थाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री भेषराज पन्थीले जानकारि दिए ।

कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुरेन्द्रराज रेग्मी लगायत ६ जना सञ्चालकहरु तथा व्यवस्थापन समूहका ५ जना सहित कुल ११ जनाको सहभागिता रहेको थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7