यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 04:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता  भएको छ । 

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु यूनाइटेड फाइनान्स लिमिटेडले आफ्नो देशभरमा रहेको १६ वटा शाखाहरुबाट बिक्रि गर्ने सहमति भएको हो । 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट देशभरका २२ वटा शाखाहरुबाट कारोबार प्रारम्भ गरिसकेको छ।

यूनाइटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved