आरम्भ माइक्रोफाइनान्सले दियो शाखा प्रबन्धकलाइ तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 01:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २० जना शाखा प्रबन्धकहरुको सहभागितामा २०७६ जेष्ठ १ र २ गते सम्म दुई दिने कार्यक्रम समिक्षा योजना तथा बजेट तर्जुमा गोष्ठी तथा तालिम होटल जंगल क्राउन चितवन सौराहामा सम्पन्न गरेको छ ।

गोष्ठिमा संस्थाको २० वटै शाखा प्रबन्धकले २०७५ चैत्र मसान्त सम्मको कार्य प्रगती, २०७६ असार मसान्त सम्मको प्रक्षेपण तथा २०७६।०७७ सम्मको कार्यक्रम योजना तथा वजेट तर्जुमाको जानाकारी गराएका थिए । संस्थाले १५ जिल्लामा २० शाखा कार्यालयहरु स्थापना गरी विगत चार वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ । तालिममा सहभागीहरुलाई स्वागत गर्दै साथै कार्यक्रमको उद्देश्य बारेमा संस्थाको कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले धारण राखे ।

संस्थाले २०७५ चैत्र मसान्त सम्ममा करिब १५००० घरपरिवारहरुमा सेवा विस्तार गरेको संस्थाका असुली विभाग प्रमुख श्री हरि प्रसाद सापकोटाले जानकारी गराए । सो क्रमका बचत सम्बन्धमा, लगानी सम्बन्धमा लेखा सम्बन्धमा खराब कर्जा नियन्त्रण सम्बन्धमा वित्तीय साक्षरता सम्बन्धमा व्यवस्थापकिय सिप लगाएतका बिषयमा छलफल भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved