स्पर्स लघुवित्त वित्तीय संस्थाले तेस्रो बर्षमा प्रबेश गरेको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थामा आवद्ध ८४ जना विपन्न परिवारका छोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
संस्थाले यसका साथै शाखा कार्यालयहरु आसपासका विभिन्न सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण, नगर–टोल सरसफाई कार्यक्रम, वृद्धवृद्धाहरुलाई फलफुल वितरण तथा फरक रुपमा सवल व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
संस्थाको केन्द्रीय कार्यालयले पोखरा महानगरपालिका–२७ मा रहेको सृजना बहिरा आवासीय विद्यालयलाई आवश्यक कार्र्यालय तथा शैक्षिक सामाग्री लगायत खेलकुदका समाग्रीहरु समेत वितरण गरेको छ ।