साधना र आर्थिक समृद्धिको एकिकृत कारोबार सुरु, कति आउँछ आइपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 04:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती (एक्विजिशन) गरि एकिकृत कारोबार शुरु गरेको छ । प्राप्तिपछि साधना लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । 

सोमबार केन्द्रिय कार्यालय हरमटारीमा आयोजित एक समारोहका बीच  नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकीकृत कारोबारको सुरुवात गरेका हुन् । 

दुवै संस्थाको जेठ २५ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्ति तथा एक्विजिसन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले दुवै संस्थालाई असार २५ गते एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।  साथै सम्पूर्ण आवश्यक प्रक्रियाहरु पुरा गरेको संस्थाले नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते पत्रमार्फत स्वीकृति पाएको थियो । प्राप्ति पश्चात संस्थाको हालको चुक्ता पूँजी ७ करोड ३५ लाख भएको छ भने संस्थाको कुल निक्षेप २८ करोड पुगेको छ। त्यस्तै एकिकृत संस्थाको  कुल लगानी १ अर्ब २० करोड र शाखा संख्या ४० पुगेको छ । 

अब कम्पनीले १:१ को अनुपातमा एक सय प्रतिशत हकप्रद निष्काशन गर्ने छ। हकप्रदपछि कम्पनीले ६ करोड ३० लाख बराबरको आईपिओ निष्काशन गर्ने छ । हकप्रद र आईपिओपछि कम्पनीको चुक्ता पुंजी २१ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved