मन्जुश्री फाइनान्सको बिशेष सुविधा सहितको 'नयाँ बचत खाता' संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 09:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेड Manjushree Finance Limited  ले 'मन्जुश्री विशेष बचत खाता' नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ। न्युनतम मौज्दात पांच हजारमा बचतकर्ताहरुले वार्षिक ८.२५ व्याजदर प्राप्त गर्न सक्ने छन। 

यस खाता अन्तर्गत बचतकर्ताले निःशुल्क डेविट कार्डका साथै जुनसुकै बैंकबाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिनेछ।   

उस खातामा SMS बैंकिंग C_ASBA, IPS Service & Connect IPS / ECC (Cheque Clearance Service) जस्ता सुविधाहरु पनि निःशुल्क उपलब्ध छन। 

यसअवधिमा मन्जुश्रीको चुक्ता पूँजी ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्तसम्म ७ अर्ब ३० करोड निक्षेप संकलन गरि ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको छ।

मञ्जुश्री फाइनान्स केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स सुविधा समेत उपलब्ध गराउदै आएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved