बिराटनगर महानगरपालिका ११ स्थित रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्कीलाई सिर्जना फाइनान्सले सहयोग गरेको छ । Auto Immune Hemolytic Anemia (AIHA) रोगबाट पिडित उनको उपचारका लागि सिर्जना फाईनान्सले १० हजार रुपैयाँ सहयोग गरेको हो ।
कार्यकारी अधिकृत भवानी शंकर चापागाञीले विरामीका श्रीमान् रामबाबु राउतलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।