आइसीएफसी फाइनान्सको लाभांश पारित, सर्वसाधारणबाट ३ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 11:24:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीएफसी फाइनान्स ICFC Finance Limited को लाभांश पारित भएको छ। फाइनान्सको सोह्रौं वार्षिक साधारण सभाले संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश पारित गरेको हो। 

त्यस्तै सभाले संस्थाको नियामावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना संचालकहरु  टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेकोे छ। 

चुक्तापूंजी ८८ करोड २१ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा ए.टि.एम. मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। यस अवधिसम्ममा फाइनान्सले ११ अर्व ३९ करोड निक्षेप संकलन गरि ९ अर्व ३९ करोड कर्जा प्रवाह गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved