प्रोग्रेशिभ फाइनान्सको ‘आरोग्य बचत खाता’ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 01:50:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले नयाँ निक्षेप योजना ‘आरोग्य बचत खाता’ सार्वजनिक गरेको छ । संस्थाले हालको महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले नयाँ निक्षेप योजना ल्याइएको हो ।

उक्त योजना अन्तरगत ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा एक लाखसम्मको बीमा सुविधा पाउने बताइएको छ । साथै न्यूनतम मौज्दात ५० हजार रुपयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरुले एक लाख बराबरको कोरोना बीमाको सुविधा पाउने संस्थाले जनाएको छ ।

संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुने जनाइएको छ ।

यसका साथै संस्थाले ‘एक लाखको मुद्धति खोल्नुस एक लाखकै कोरोना विमा सुविधा पाउनुहोस्’ योजना ल्याएको छ । योजना अनुसार एक लाख वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि एक लाखकै कोरोना बीमाको सुविधा संस्थाले उपलब्ध गराएको जनाइएको छ ।

८० करोड एक लाख रुपैयाँ चुक्तापूँजी रहेको फाइनान्स कम्पनीले हाल सातवटा शाखाहरु तथा चारवटा एक्सटेन्सन काउन्टरहरुबाट सेवाप्रवाह गरिरहेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved