प्रोग्रेशिभ फाइनान्सको ८औँ शाखा हेटौंडामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 03:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले हेटौंडा उपमहानगरपालिका वडा नं २ मा नयाँं शाखा कार्यालयका सञ्चालन गरेको छ । फाइनान्सले आफ्नो ८औँ शाखाको रुपमा हेटौंडा उपमहानगरपालिका वडा नं २ मा कार्यालय सोमबारदेखि सञ्चालनमा ल्याएको हो । 

फाइनान्सले देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहजवित्तीय सेवाउपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखाकार्यालय स्थापना गरेको जनाएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड १९ को महामारीकाबीच स्थापना गरिएको यस शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ-बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved