समृद्धि फाइनान्स Samriddhi Finance Company ले देशभरका विभिन्न ८ स्थानमा रहेका घर जग्गाहरु लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । कम्पनीले यी घरजग्गा बिक्रि गर्नको लागि तेस्रो पटक सार्वजनिक सूचना प्रकाशन गरेको हो ।
कम्पनीले यी घर जग्गा जहाँ जे जस्तो अवस्थामा छ, सोहि अवस्थामा नै बिक्रि गर्न लागेको हो । कम्पनीले इच्छुक व्यक्तिहरुलाई असोज १४ गते बुधबारसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।