युनाइटेड फाइनान्स United Finance Limited ले दशै, तिहार तथा छठ पर्वको अवसरमा 'युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप' योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले चडपर्वको अवसरमा लामो समयावधिको लागि यस्तो योजना ल्याएको हो ।
योजना अन्तर्गत ग्राहकले विभिन्न प्रकारका निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधा पाउने कम्पनीले जनाएको छ । योजनामा व्यक्ति तथा संस्थाहरु सहभागी हुनपाउने छन् ।
नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथ साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको यो कम्पनीले नेपालभर २२ शाखा तथा मुख्य कार्यलयबाट सेवा दिदै आइरहेको छ ।