नेपाल फाईनान्सका ग्राहकलाई चिप बेस एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 06:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स Nepal Finance  ले ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने भएको छ । फाईनान्सले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)संगको सहकार्यमा चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने भएको हो ।

फाईनन्स र उक्त कम्पनीबीच मंगलबार यस सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा फाईनान्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको सहकार्यबाट फाईनान्सले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने जनाइएको छ । एससिटीसंगको सहकार्यबाट उपलब्ध हुने चिप बेस एटिएमकार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारत भित्र एटिएम, ई–कमर्स जस्ता सेवा सजिलै लिन सक्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved