नगरिक लगानी कोषको पेन्सन योजनामा अनलाइनबाटै सहभागी हुन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 03:42:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले ल्याएको पेन्सन योजनामा अब घरमै बसी-बसी सहभागी हुन सकिने भएको छ । कोषले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अनलाईनबाट नै सहभागी हुन मिल्ने व्यवस्था गर्ने भएको हो । 

कोषले पुसको पहिलो सातादेखिनै अनलाईनबाट सहभागीता जनाउन सकिनेगरी काम अगि बढीरहेको जनाएको छ । त्यसको लागि अहिले सिस्टम परीक्षणको कार्य भईरहेको कोषका नायब कार्यकारी निर्देशक डा. ईन्द्र कुमार कट्टेलले जानकारी दिएका छन् । 'अहिले हामीले अनलाईन सिस्टमको परीक्षण गरिरहेका छौं', कट्टेलले भने, ‘पुसको पहिलो सातादेखि अनलाईनबाट सहभागी हुन सक्ने व्यवस्था गर्छौ ।’

अनलाईनबाट यस योजनामा सहभागी हुन नागरिकताको स्क्यानकपी, योजनामा सहभागी हुने व्यक्तिको पासपोर्ट साइजको एउटा फोटो र सहभागी हुने व्यक्तिको उत्तराधिकारीको एउटा पासपोर्ट साइजको फोटो आवश्यक पर्ने उनले बताए । अनलाइन सिस्टम कार्यन्वयनमा आएपछि योजनामा सहभागी भई रकम जम्मा गर्दा कोषको कार्यालय धाउनु पर्ने बाध्यता अन्त्य हुने छ ।

नायब कार्यकारी निर्देशक कट्टेलका अनुसार अहिले पनि कनेक्ट आइपीएसबाट रकम जम्मा गर्न सकिन्छ । आगामि दिनमा अन्य भुक्तानी सेवा प्रदायकबाट पनि रकम जम्मा गर्न सकिने डा. कट्टेलले जानकारी दिए । 

कोषले गत भदौ देखि बचत गर्दा पेन्सन पाईने योजना ल्याएको थियो । जसमा कुनैपनि व्यक्तिले १५ वर्षसम्म रकम जम्मा गरेमा पेन्सन पाउनेछ। यसरी जम्मा गरेको व्यक्तिले आँफु ६० वर्ष नाघेपछि पेन्सन पाउनेगरी कोषले यस योजनाको सुरुवात गरेको हो । 

यो पनि : नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी हुने सहभागी , के पाइन्छ सुविधा ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved