व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 07:58:52 PM मा प्रकाशित

laxmi  sunrise bank

भ्याट दर्ता अनिवार्य गरिएका व्यवसाय

मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा एक आर्थिक वर्षमा वस्तुको हकमा ५० लाख रुपैयाँ, वस्तु तथा सेवाको मिश्रित कारोबारको र सेवाको हकमा २० लाख रुपैयाँ बराबरको करयोग्य कारोबार गर्ने करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्नुपर्ने छ । सरकारले हरेक वर्ष आर्थिक ऐनमार्फत आयकर तथा मूल्य अभिवृद्धि करको दायरा पुनरावलोकन गर्ने गर्दछ । सोही प्रचलन अनुसार आर्थिक ऐन, २०७६ मा केही व्यवसाय अनिवार्य रुपमा भ्याटमा दर्ता भई कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साबिकको व्यवस्था

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १०. उपदफा (२) (क) र (ख) मा उल्लेख भएका व्यवसायहरु अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्दछ । जसमा ईटा उत्पादन, मदिरा डिष्ट्रिब्युटर, वाइन सप, सफ्टवेयर, ट्रेकिङ, र्‍याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, बालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन छन् ।

कुनै व्यक्तिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ, अटोमोवाइल्स, मोटर पार्टस्, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लर, क्याटरिङ सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ सर्टिङको सामान सहितको टेलरिङ व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने कारोबार सञ्चालन गर्दा अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

आर्थिक ऐन, २०७६ ले थप गरेका व्यवसायहरु

गहुँको आँटा, सोयाबन्डी मस्यौरा, टेम्पो र ढुवानी सेवा सञ्चालन गर्दा मुल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नुपर्दछ । त्यसैगरी महानगरपालिका, उपमहानगरपालिका नगरपालिका क्षेत्रभित्र शैक्षिक तथा कानूनी परामर्श तथा लेखा परीक्षणसम्बन्धी सेवा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्था छ । त्यस्तै आर्थिक ऐन, २०७६ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा गरेको संशोधन अनुसार मदिरा, वाईन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय आदि कारोबार अनिवार्य रुपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्दछ 

यो पनि:- व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved