सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 08:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा मजदुर वा कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थालेका छन् । यस्तो कारोबार भेटिएपछि आन्तरिक राजस्व विभागले गुणस्तरीय दर्ता (Quality Registration) मा जोड दिँदै सचेत हुन आग्रह गरेको छ ।

कतिपय व्यवसायीले रोजगारी खोज्दै आउने मजदुरहरुलाई प्रयोग गरी तिनैको नाउँमा प्यान दर्ता गर्ने र कर दायित्वबाट पन्छिने कोशिस गरेका उदाहरण भेटिएका हुन् । यसप्रति सजग गराउँदै विभागले गुणस्तरीय दर्ताको अवधारणा अघि सारेको जनाएको छ । 'कारोबारमा संलग्न व्यक्ति र निकाय दर्ता नभई कामदार वा अन्य असम्बन्धित व्यक्तिका नाममा कारोबार दर्ता गरी करको दायित्व अन्य व्यक्तिलाई सिर्जना गर्ने प्रवृत्ति देखिने गरेको' विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

विभागले 'वास्तविक रुपमा कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्म वा कम्पनी दर्ता भई आफ्नो कारोबारको सूनिश्चितता गरी दर्ता गर्न, गराउन' आग्रह गरेको छ । साथै गुणस्तरीय दर्तामा ध्यान दिर्इ वास्तविक करदाता एकिन गरी दर्ता  गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई निर्देशन समेत दिईएको छ ।

रोजगारीको सिलसिलामा जुनसुकै किसिमको सम्झौता गर्ने प्रवृत्तिले करको दीर्घकालीन दायित्व नै आफुमाथि आइलाग्न सक्दछ । यसतर्फ समयमै सचेत हुनु जरुरी छ । कतिपय करदाताले अज्ञानतावश रोजगारी दिने कम्पनीको प्यान दर्ता आफ्नो नाउँमा गरेका कारण अनेक झन्झट बेहोर्नु परिरहेको छ । विभागले गलत नियतका साथ मजदूरलाई प्रलोभनमा पारी फर्म दर्ता गर्ने केही व्यवसायीविरुद्ध मुद्दासमेत दर्ता गरेको छ ।

तपाईंलाई रोजगारी दिने शर्तमा कसैले करको दायित्वसमेत थोपरिरहेको त छैन? रोजगारदाताले तपाईंको कागजात दुरुपयोग गरिरहेको त छैन? कागजात लिँदा कुन उदेश्यले लिएको छ? यसबारेमा समयमै सचेत हुनु जरुरी छ ।



यो पनि:

-व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?
-व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved